१९ मङ्सिर (रासस÷एएफपी) ः भारतीय सुरक्षाबलले उत्तरपूर्वी राज्य नागाल्याण्डमा एक ट्रकमा गोली चलाउँदा र आक्रमणको विरोध गर्न भेला भएका भीडलाई गोली हान्दा तेह्र जना सर्वसाधारणको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ । पूरा सोन जिल्लाको अवस्था अहिले निकै तनावपूर्ण रहेको र नागाल्याण्ड बाहिरका एक मजदुरसहित १३ जनाको मृत्यु भएको पुष्टि भएको शनिबारको घटनाका प्रहरी अधिकारी सन्दीप एम. तामगाडगेले बताएका छन् ।
तामगाडगेले ओटिङ गाउँमा आफ्नो घर फर्किने क्रममा सुरक्षाबलले गरेको हमलामा ६ जना मजदुरको मृत्यु भएको बताएका छन् । परिवारका सदस्यहरु बेपत्ता व्यक्तिहरुको खोजीमा गएका र शव फेला परेपछि सुरक्षा बलहरू सामना गरेका बताइएको छ ।त्यसपछि मृतकहरुका आफन्तका बारेमा प्रश्न गर्न गएका सुरक्षाबलबीचको झडपका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा थप सात जनाको मृत्यु भएको तामगाडगेले बताएका छन् ।
भारतीय सेनाले जारी गरेको एक विज्ञप्तिमा यस क्षेत्रमा सक्रिय विद्रोहीहरूलाई पछ्याउन विश्वसनीय गुप्तचरहरुले काम गरिरहेको बताएको छ ।यस विज्ञप्तिमा घटनाका क्रममा सुरक्षाबलका एक सदस्यको मृत्यु भएको र अन्य केही घाइते भएका पनि थपिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘दुर्भाग्यपूर्ण ज्यान गुमाउनुको कारणबारे उच्च स्तरीय छानबिन भइरहेको छ र कानून बमोजिम आवश्यक कारबाही गरिने छ ।
दुर्भाग्यपूर्ण ज्यान गुमाउनुको कारणबारे उच्च तहमा अनुसन्धान भइरहेको र कानुन बमोजिम आवश्यक कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।नागाल्याण्डका मुख्यमन्त्रीले शान्त रहन अपील गर्दै छानबिनको घोषणा गरेका छन् । सर्वसाधारणको हत्याको दुर्भाग्यपूर्ण घटना अत्यन्तै निन्दनीय छ, उहाँले ट्वीटरमार्फत सबै वर्गबाट शान्तिको लागि अपील गर्नु भएको छ ।
यो पनि – इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी तेह्र जनाको मृत्यु ९८ जना घाइते
१९ मङ्सिर (रासस÷सिन्ह्वा) ः इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार जनाएको छ । दुई ओटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन् ।
दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ । यसैबीच, ९०२ जनालाई गाउँको हल, विद्यालय भवन र पूजास्थलमा सारिएको छ ।ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएको बताइएको छ । अधिकारीहरूले भारी उपकरणहरू प्रयोग गरेर सडक छोप्ने खरानीमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् । जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।



प्रतिक्रिया