भरतपुर महानगरपालिका–१५ रामपुरमा बस र एम्बुलेन्स ठक्कर खाँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चौबिसकोठीबाट शारदानगरतर्फ जाँदै गरेको ना६ख ९४५८ नंको बसमा सोही दिशातर्फ बिरामी पु¥याउन जाँदै गरेको वाग्मती प्रदेश ०१–०२३च ९९९ नंको एम्बुलेन्सले आज दिउँसो ठक्कर दिएको थियो ।
ठक्करबाट एम्बुलेन्समा सवार चालकसहित छ जना घाइते भएका हुन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । दुईको मध्यम र तीनजनाको अवस्था सामान्य रहेको छ । घाइतेको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यो पनि – स्रोत नखुलेको ६९ लाख रकमसहित एक पक्राउ
प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई पक्राउ गरेको हो ।
पक्राउ परेका खनालसँग प्रहरीले रु एक हजार दरका १०० वटा भएको ४९ बण्डल, रु ५०० दरको १०० वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ । पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया