बौद्ध क्षेत्रमा विदेशी पर्यटकको चहलपहल

बौद्ध क्षेत्रमा विदेशी पर्यटकको चहलपहल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको बौद्धनाथ क्षेत्रमा विदेशी पर्यटकको चहलपहल देखिन थालेको छ । गत असोज १९ गतेदेखि विदेशी पर्यटकका लागि बौद्धनाथ क्षेत्र खुला गरिएको थियो । नेपालमा कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि विसं २०७६ चैत पहिलो सातादेखि विदेशी पर्यटकका लागि बौद्धनाथ क्षेत्र बन्द गरिएको थियो । कोरोना महामारीबाट बच्न बन्दाबन्दी एवं निषेधाज्ञा जारी गरिएका बेला भने स्वदेशी भक्तजनका लागि पनि बौद्धनाथ क्षेत्र बन्द गरिएको थियो । बन्दाबन्दीका बेला बौद्ध घ्याङ गुठीमा नित्य पूजा आराधना बाहेकका सबै गतिविधिमा रोक लगाइएको थियो ।

विदेशी पर्यटकका लागि सम्पदा क्षेत्र खुला गरिएपछि असोज महिनामा दक्षिण एशियाली देशका ५८५ र अन्य देशका ४२७ पर्यटक घुम्न आएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिनुभयो । यसैगरी कात्तिक महिनामा दक्षिण एसियाली देशका दुई हजार ८११ र अन्य देशका दुई हजार १४८ पर्यटकले बौद्ध क्षेत्रको अवलोकन गरेका छन् ।

मङ्सिर ११ गतेसम्म दक्षिण एशियाली देशका एक हजार १५७ र अन्य देशका ९३० पर्यटकको आगमन पनि बौद्ध क्षेत्रमा भएको छ । बौद्ध क्षेत्र आउने दक्षिण एशियाली देशका पर्यटकसँग रु १०० र अन्य देशका पर्यटकसँग रु ४०० शुल्क लिइन्छ । समितिले टिकट काउन्टर राखेर शुल्क उठाउँदै आएको छ । विदेशी पर्यटक आउन थालेसँगै बौद्ध क्षेत्रमा चहलपहल पनि बढेको छ । डेढवर्षदेखि ठप्प प्राय ः रहेको यहाँका पर्यटकीय सामग्रीको किनमेल हुने पसलमा पनि ग्राहक देखिन थालेका छन् ।

बौद्ध क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रको सफाइमा विशेष ध्यान दिइएको समितिले जनाएको छ । प्रत्येक महिनाको अन्तिम शनिबार बिहान यहाँका सङ्घ संस्था र स्थानीयवासीको सक्रियतामा सफाइ अभियान भइरहेको छ । नियमित रुपमा भने समितिका कर्मचारीले यस क्षेत्रको सफाइमा योगदान गर्दै आएका छन् ।

यो पनि – नयाँ भेरियन्टबाट बच्न प्रदेश सरकार सक्रिय

भारतलगायत विभिन्न मुलुकमा कोनारना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ ।आज बिहान सुदूरपीश्चम प्रदेशको निर्देशक समितिको बैठकले समेत नयाँ भेरियन्ट भित्रिन नदिन स्वास्थ्य सर्तकताका साथै यहाँका अस्पताल र स्वास्थ्य उपकरणलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । यहाँका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिले यहाँका अस्पताल व्यवस्थापनमा जोड दिनाका साथै भेन्टिलेटर, सघन उपचार कक्ष, अक्सिजनलगायतका पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा जनशक्तिको व्यवस्थापनलाई पनि जोड दिइएको छ । स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले भन्नुभयो, “यहाँका सीमानाका भारतबाट आउनेको स्वास्थ्य परीक्षण हुन्छ ।” उहाँले शङ्कास्पद देखिएका बिरामीलाई क्वारेन्टिनमा राख्ने तयारीसमेत भइरहेको जनाकारी दिनुभयो । त्यसैगरी सुदूरपश्चिमबाट कोभिड–१९ को प्रजाती पत्ता लगाउन यहाँबाट नमूना सङ्कलन गरेर काठमाडौँ पठाउने काम भइरहेको छ ।