पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने बताउनुभएको छ ।उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उहाँले अहिले यो दल दुप्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा विसं २०६४ कै अवस्थामा फर्कने बताउनुभएको हो ।
अन्य दलमा जस्तो यस दलमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उहाँले आदीवासी, जनजाति, घले, गुरूङ, सबैक्षेत्रको वृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताउनुभयो । माओेवादीले ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उहाँले स्थानीय समुदाय माझ आग्रह पनि गर्नुभयो ।
टुक्रिएर गएका डा बाबुराम भटृराई, बैध, विप्लव समेतका साथीलाई एकता गराउन सौहार्दपूर्ण वातावरणमा वार्ता अगाडि बढिसकेकाले रसुवा जिल्लामा पनि अन्यत्र गएका सबै साथी छिट्टृै मूलघारमै प्रवेश गरी नेकपा माओवादीलाई अत्यधिक मत दिएर उचाइमा पु¥याउने महराले विश्वास व्यक्त गर्नुभयो । उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो । महराले आइतबार नै रसुवागढी नाकाकोसमेत स्थलगत अवलोकन गर्नाका साथै कोरोना सङ्क्रमणका कारण उत्पन्न असरका बारेमासमेत जानकारी लिनुभयो ।
यो पनि – नवनिर्वाचित राप्रपा अध्यक्षको पदबहाली
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले धूम्रबराहीस्थित कार्यालयमा आज पदबहाली गर्नुभएको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताले उहाँलाई स्वागत गरेका थिए । पदबहालीका क्रममा अध्यक्ष लिङ्देनले मुलुकमा हिन्दूराष्ट्र र विविधतालाई एकतामा जोड्ने राष्ट्रिय चरित्रको संस्थाका रुपमा संवैधानिक राजसंस्था कायम गर्न भूमिका निर्वाह गर्ने पार्टीको नीति रहेकाले त्यसतर्फउन्मुख रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
विगतमा नेतृत्वले पार्टीको एजेण्डालाई कार्यान्वयन गराउन प्रष्ट अडान नलिएकाले चुनावमा पराजय भोग्न परेको जिकिर गर्दै उहाँले पहिलेका कमी कमजोरीबाट शिक्षा लिएर महाधिवेशन प्रतिनिधिको भावनाअनुसार आगामी निर्वाचनमा आफ्नो दललाई वैकल्पिक शक्तिका रुपमा स्थापित गराइने विचार व्यक्त गर्नुभयो ।
झापा क्षेत्र नं ३ बाट सङ्घीय प्रतिनिधिसभामा समेत निर्वाचित अध्यक्ष लिङ्दनले राप्रपाको आदर्श, इतिहास र गौरवलाई संरक्षण गर्न अग्रज नेतृत्वको सुझावका साथै अन्य नेतासँग समन्वयका आधारमा विधि र प्रक्रियाबाट पार्टी सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रजातान्त्रिक प्रणालीमा हुने निर्वाचनमा मतदाताको निर्णयलाई सर्वोच्च मान्नुपर्नेमा जोड दिँदै उहाँले हार जीतको परिणाम भनेको प्राविधिक विषय भएको र मततदाताको विवेकपूर्ण निर्णय सबैलाई मान्य हुनुपर्नेमा जोड दिनुभयो ।



प्रतिक्रिया