सत्यमोहनका तस्विराङ्कित पर्चा र पुस्तक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न पहल गरिने

सत्यमोहनका तस्विराङ्कित पर्चा र पुस्तक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न पहल गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा सत्यमोहन जोशीका बारेमा तयार पारिएका तस्विर, पुस्तक तथा पर्चा र चित्र आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पहल गरिने बताउनुभएको छ । दुई वर्षअघि माघ १५ गते कोरिएका ४०० मध्ये छानिएका ४० चित्रको सङ्ग्रह क्यानभासमा ‘सत्यमोहन बा’ चित्रकला प्रदर्शनी कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले नेपाली कला अनि वाङ्मयको क्षेत्रमा जोशीले पु¥याउनुभएको योगदानको कदर गर्दै अघि बढ्ने भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “मुलुकका साथै विशेष गरी ललितपुरले जोशी जस्ता विशिष्ट व्यक्ति पाउनु अत्यन्तै गर्भको विषय रहेको छ ।” उहाँले एउटै चित्रले जोशीका जीवनका बारेमा उनकौँ कुरा बोल्न सक्ने भएकाले सो चित्र कोर्ने कलाकारको राष्ट्रले उच्च सम्मान गर्ने विश्वास लिएको धारणा थियो ।सत्यमोहन लोक साहित्य भवनलाई आफ्नो व्यक्तिगततर्फबाट रु ५० हजार सहयोग गर्ने जनाउँदै मन्त्री भुसालले पर्यटन मन्त्रालयलाई समेत सो काममा ध्यान दिन आग्रह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शताब्दीपुरुष जोशीले आफ्नो जीवन रहँदै कोरिएका चित्र प्रदर्शन गरिनु आजसम्मको सबैभन्दा सफल दिन रहेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “योङ पिकासो जस्ता अन्य संस्थाले पनि गाउँगाउँमा पुगरे यस्ता सिर्र्जनशील प्रतिभाको खोजी गरी बाहिर ल्याएर राष्ट्रियकरण गर्न जरुरी छ ।”ललितपुर क्षेत्र नं २ प्रतिनिधिसभाका सांसद कृष्णलाल महर्जनले मुलुकका युवामा देखिएको चित्रकलाप्रतिको ऊर्जा र उत्साह प्रशंसनीय रहेको धारणा राख्दै सोलाई थप बढवा गर्न जरुरी रहेको आँैल्याउनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले ललितकला प्रज्ञा–प्रतिष्ठान र पिकासोले कला क्षेत्रको विकासका लागि गरेका काम उदाहरणीय रहेको उल्लेख गर्दै सो पदर्शनीले कलाकारको समेत सम्मान गर्दै जाने भनाइ राख्नुभयो ।पिकासोका निर्देशक एवं कलाकार अजय देशारले आफूहरुले जोशीको चित्र तेल अनि पानी तथा सिसाकल र एक्रिलिकको प्रयोग गरेर कोराएको बताउनुभयो । उहाँले भन्नुभयो, “चित्रकलामा भाग लिएका ११ देखि ७० वर्ष सम्मका चित्रकारको कलालाई सरकारले उच्च मूल्याङ्कन गर्नुपर्छ भन्ने हामी चाहान्छाँै ।”

जोशीका सो चित्र बिक्री गरेर सङ्कलन भएको कूल रकममा ३५ प्रतिशत कलाकार अनि २० प्रतिशत लोक साहित्य भवन तथा १५ प्रतिशत पिकासोका साथै बाँकी रहेको ३० प्रतिशत गाउँगाउँमा गएर कलाको विकासका लागि खर्च गरिने देशारले जानकारी गराउनुभयो ।

कार्यक्रममा ललितपुरका साथै गोदावरी अनि महालक्ष्मी उद्योग वाणिज्य सङ्घका प्रतिनिधिका साथै समाजसेवी निर्मला क्षेत्रीको पनि उपस्थिति थियो । कार्यक्रममा उपस्थित व्यक्तिले जोशीको योगदानका विषयमा खुलेर प्रशंसा गर्दै सुस्वास्थ्य एवं दिघार्युको कामनासमेत गर्नुभएको थियो ।