भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइन्छ ः श्रममन्त्री श्रेष्ठ

भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइन्छ ः श्रममन्त्री श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले योजना बढाएको बताउनुभएको छ । भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नुबाहेक उल्लेखनीय काम हुन नसकेको अवस्थामा चुँदी रम्घामा पूर्वाधार निर्माण गर्नाका साथै प्राकृतिक सौन्दर्यका माध्यमबाट साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको उहाँले जानकारी दिनुभएको होे ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री श्रेष्ठले भानुको जन्मस्थलको साहित्यिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, संवद्र्धन र विकासका लागि सरोकार निकायहरूसँग पनि छलफल गरिने छ भन्नुभयो । चुँदी रम्घालाई आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गर्ने मन्त्री श्रेष्ठको योजनालाई अमेरिकास्थित इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनले सहयोग गर्ने जनाएको छ । फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले रम्घामा आदिकवि भानुभक्तको विश्वकै ठूलो पूर्णकदको सालिक निर्माण गरिने बताउनुभयो ।

उक्त योजना सफल बनाउन आदिकविको जन्मघर शिखर कटेरीमा विश्वकै ठूलो पूर्णकदको सालिक निर्माण गर्न लागिएको उहाँको भनाइ थियो। विकसित मुलुकका प्रतिष्ठित साहित्यकारहरूका स्मृतिलाई संरक्षण गर्ने गरिएकामा भानुभक्तको परिचय र योगदानलाई पनि जीवन्त राख्न पूर्णकदको सालिक बनाउन लागिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

पूर्णकदको सालिक निर्माणसँगै अन्य सम्पदाहरुको संरक्षण र विकासले चुँदी रम्घाको मुहार फेरिने र आकर्षक पर्यटकीयस्थलका रूपमा विकास हुने अपेक्ष गरिएको छ । आदिकवि भानुभक्तको जन्म विसं १८७१ असार २९ गते चुँदी रम्घामा भएको थियो । थुपै्र साहित्यिक योगदान पु¥याउनुभएका भानुभक्तले संस्कृत भाषाको रामायणलाई नेपाली भाषामा भावानुवाद गरी पठनीय बनाउनुभएको थियो । भानुभक्तलाई नेपाली भाषा र साहित्यकोे धरोहर मानिन्छ ।

यो पनि – घोडेपानी–पुनहिलमा पूर्वाधार निर्माण

गलेश्वर,२१ मङ्सिर (रासस) ः राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा सरकारी तथा समुदायको लगानीमा करोडौँका पूर्वाधार निर्माण गरिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सूचिकृत भएका १०० वटा पर्यटकीय गन्तव्यमध्ये एक घोडेपानी–पुनहिलमा पर्यटकीय आकर्षण बढ्न थालेपछि स्थानीय समुदायले समेत पूर्वाधार निर्माणमा लगानी गर्न थालेका हुन् ।

घोडेपानीदेखि पुनहिल पुग्ने पदमार्गमा २३ वटा सौर्य उर्जाका बत्ती जडान गरेर रातको समयमा पनि झलमल्ल उज्यालो बनाइएको छ भने झरी र हिउँ परेको अवस्थामा सुरक्षितरूपमा बसेर दृश्यावलोकन गर्न पुनहिल परिसरमा तीनकोठे पक्की आश्रयस्थल निर्माण गरिएको छ । घोडेपानीको मगर सङ्ग्रहालयको पक्की भवन निर्माण गरिएको छ ।स्थानीयवासीले सरसफाइ र पर्यटकको स्वागतमा ध्यान दिन थालेका छन् । त्यसैगरी पुनहिल हुँदै मोहरे, घोडेपानीबाट चित्रे, खिवाङ र घान्दु्रकतर्फ जाने करिब दुई किलोमिटर पदमार्ग निर्माण गएिकोे छ । घोडेपानीका व्यवसायीमा सहरबजारमा जस्तै पक्की घर निर्माण र होटललाई सुविधायुक्त बनाउने प्रतिस्पर्धा चलेको छ ।

छ वर्षअघि यहाँका होटलहरूको क्षमता दैनिक ५०० जनाको हाराहारीमा रहेकामा अहिले क्षमता बढाएर एक हजारभन्दा बढी पु¥याइएको घोडेपानी होटल व्यवस्थापन समितिले जनाएको छ । होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष मीना पुनका अनुसार चित्रे हुँदै घोडेपानी जोड्ने चार किलोमिटर सडक ग्राभेल गरिएको छ । पोखरेबगरबाट चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारले रु २७ करोड लगानी गरेको छ ।

त्यसैगरी पाउद्वार तातोपानी कुण्डबाट भालखरा– खोपारा, खयरताल–खोपारा र लरेनी हुँदै पाउद्धार जोड्ने पाँच दिनको पदमार्गको अध्ययन र आधारभूत पूर्वाधार निर्माण सुरु गर्न थालिएको छ । पर्यटनको लाभ समुदायमा पु¥याउन नेपालमै पहिलो पटक नयाँ अवधारणामा खोपारामा ४० जना क्षमताको होटल सञ्चालन गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको रु २० लाख बजेटबाट गत आर्थिक वर्षमा खोपारा, खयर, ढाडखर्क, किन्दु क्षेत्रमा पदमार्ग निर्माण गरिएको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिनुभयो ।

धवलागिरी हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेर गत आवमा रु १० लाखको लागतमा जलथलेबाट फगामसम्म एक किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरिएको छ । दानाका बासिन्दाले भेडाबाख्रा र गाईभँैसीको गोठ लेकबेँसी गराउन प्रयोग गरेकोे परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रुपान्तरण गर्न लागिएको हो ।

पदमार्गमा पर्ने धार्मिकस्थल मोतिचौर बराहमा गाउँपालिका र समुदायको रु २० लाखको लगानीमा १०८ वटा धारा निर्माण गरिएको छ । भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाइँ लम्ब्याउन मान्द्रेढुङ्गा हुँदै बराह गुफाबाट तीन हजार ४०० मिटरको उचाइमा अवस्थित मुन्द्रा चढाउने डाँडासम्म जोड्न पदमार्ग निर्माण गरिएको छ ।

अर्का वडाध्यक्ष ओमप्रकाश फगामीले आव २०७७÷७८ मा गाउँपालिकाले विनियोजन गरेको रु १० लाख बजेटबाट दुई किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरिएकोे जानकारी दिनुभयो । प्राकृतिक उपचार र पर्यटकीयस्थलका रूपमा विकास गर्न पोखरे बगरको रातोपानी, पाउद्वार र भुरुङको तातोपानी कुण्डमा स्नानस्थल, नदी नियन्त्रण, पोखरी र टहरा निर्माण गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने सङ्ग्रहालय स्थापना गरिएको छ । समितिका संरक्षक चामबहादुर पुनले लोप हुन लागेका परम्परागत सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर सङ्ग्र्रहालय स्थापना गरिएको बताउनुभयो ।