जिल्ला हुलाक कार्यालयले चार महिनाका अवधिमा झण्डै चौतिस लाख बराबरको हुलाक टिकट बिक्री गरेको छ । गत साउनदेखि गत कात्तिक मसान्तसम्मका अवधिमा रु ३३ लाख ८३ हजार ८२० को टिकट बिक्री गरेको छ । कूल टिकट ६ लाख ६० हजार ८५० टिकट बिक्री गर्दा उक्त राजस्व सङ्कलन भएको कार्यालयका हुलाक अधिकृत मित्रलाल भट्टराइले जानकारी दिनुभयो ।
साउन महिनामा रु सात लाख ३९ हजार ७७५ भदौमा रु पाँच लाख ७६ हजार ४९५,असोजमा रु एघार लाख २४ हजार १७५ र कात्तिकमा रु नौ लाख ५३ हजार ३७५ राजस्व सङ्कलन भएको हो । कार्यालयले अभिलेख राखेर सङ्घ संस्था र व्यक्तिलाई कार्यालयबाट नै टिकट बिक्री गर्न थालेको उहाँले बताउनुभयो । हुलाक टिकट राजस्व सङ्केत भएकोले निर्धारण गरिएको मूल्य भन्दा घटिबढीमा बिक्री गर्न मिल्दैन् । उहाँले भन्नुभयो, “हुलाक टिकटमा तोकिएको मूल्य भन्दा बढी मूल्यमा बिक्री गर्न थालिएको पाइएकोले कार्यालयबाट व्यवस्थित तरिकाले टिकट बिक्री गर्न थालेको हो ।”
विभिन्न सङ्घ संस्था, बीमा कम्पनी, लेखापढी कानुन व्यवसायी, बैकलगायतका कार्यालयले कार्यालयमै आएर टिकट लैजाने गरेको उहाँले बताउनुभयो । केवल, टिभी, पत्रपत्रिका, एफएमलगायतका संञ्चारमाध्यमको दर्ता तथा नवीकरणको कार्य गर्दै आएको सो कार्यालयले पछिल्लो समय डाँक सेवालाई व्यवस्थित गर्न लागेको निमित्त हुलाक अधिकृत कुमारसिंह लामाले जानकारी दिनुभयो ।
सूचना र प्रविधि, स्रोतसाधान र जनचाहनाअनुरुप सेवा दिन स्रोतसाधान कमी भएका कारण ढिलाइ हुन गएकोले सेवामा छिटोछरितो ल्याउन पहल गरिएको उहाँले बताउनुभयो । सत्र जिल्लाको लागि प्रदेश हुलाक कार्यालयले व्यवसायीसँग डाँकको लागि सम्झौता गरे पनि सम्झौता अनुरुपको कार्य नहुँदा सेवा प्रदानमा कठिनाइ भएको सो कार्यालयले जनाएको छ । पछिल्लो समय हप्तादेखि पन्ध्र दिनको अवधिमा आफ्नै डाँक सेवाबाट हुलाक कार्यालयमा पुगेर डाँक उठाउन थालिएको निमित्त हुलाक अधिकृत लामाले बताउनुभयो ।
यो पनि – ‘जो दाहसंस्कारका लागि निःशुल्क दाउरा वितरण गर्नुहुन्छ’
कञ्चनपुरको बेदकोट नगरपालिकाका पवन सिंहलाई व्यवसायी एवं व्यापारी मात्रै भने त्यो अपूरो हुन्छ । दाहसंस्कारका लागि प्रायः सबैतिर दाउराको समस्या हुन्छ । उहाँले सो सामाजिक उत्तरदायित्वको भावना बोध गरेर मलामीलाई निःशुल्क रुपमा दाउरा वितरण गर्दै आउनुभएको छ ।
कञ्चनपुरमा मात्र होइन् उहाँले भूकम्पका बेला दाहसंस्कारका लागि दाउरा काठमाडाँैसमेत पठाउनुभयो । यस्तै कोरोना कहरमा मृत्यु भएकाको शव व्यवस्थापनका लागि समेत सिंहले निःशुल्क दाउरा उपलब्ध गराउनुभयो । कञ्चनपुरमा शव व्यवस्थापनका लागि दाउरा माग्न आउने जोकोहीलाई पनि सिंहले खाली हात फर्काउनुहन्न् । शव व्यवस्थापन गर्न समस्या भएका सबैलाई काष्ठ व्यवसायी सिंहले दाउरा उपलब्ध गराउँदै आउनुभएको छ ।
सुडामा रितुल सःमिल सञ्चालन गर्दैआउनु भएका सिंहले डेढ दशकदेखि मलामीलाई निःशुल्क दाउरा वितरण गर्दै आएको बताउनुभयो । “भूकम्पका बेला रु ६० हजार ट्रकको भाडा तिरेर शव व्यवस्थापन गर्न काठमाडौँ दाउरा पठाएको थिएँ”, उहाँले भन्नुभयो, “कोभिड–१९ मा कञ्चनपुरमा एकै दिन दश जनाले ज्यान गुमाउँदा पनि मैले सबैलाई आवश्यक पर्ने गरी दाउरा दिएँ ।” विशुद्ध सामाजिक भावनाका साथ सो दाउरा उपलब्ध गराउने गरेको सिंह बताउनुहुन्छ । “मलामी आए दाउराका लागि मेरोमा कुनै रोकटोक छैन्”, उहाँले भन्नुभयो ।
राज्यले शव जलाउन दाउराको व्यवस्थापन गर्न नसकिरहेका बेला एक व्यवसायीले गरेको समाजसेवाको कदर गरिनुपर्ने महेन्द्रनगरका स्थानीयवासी भोजराज बोहरा बताउनुहुन्छ । “महाकाली घाटमा आउने मलामीलाई दाउरा उपलब्ध गराएर सिंहले समाजलाई ठूलो गुन लगाएका छन्”, उहाँले भन्नुभयो, “निःस्वार्थ भावले लाखौं रुपैयाँको दाउरा प्रदान गर्नु पुण्य काम पनि हो ।”
“महेन्द्रनगर बजार र त्यस आसपासका क्षेत्रमा सामुदायिक वन नहुँदा शव व्यवस्थापन गर्न दाउरा किन्नुपर्ने हुन्छ”, महेन्द्रनगरका देवराज जोशीले भन्नुभयो, “सबैैजसोलाई सिंहले दाउरा उपलब्ध गराउँदै आउनुभएको छ ।” सेनाले शव व्यवस्थापन गर्ने क्रममा पनि सिंहले नै दाउरा उपलब्ध गराउनुभयो । “आपतविपत्का बेला सिंह नै काम लाग्नुहुन्छ”, जोशीले भन्नुभयो । समाजसेवामा सधँै अग्रसर रहने सिंहले पछिल्लो समय राजनीतिमासमेत सक्रियता बढाउनुभएको छ । हालै सम्पन्न नेपाली कांग्रेस कञ्चनपुरको अधिवेशनबाट सिंह जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित हुनभएको छ ।



प्रतिक्रिया