सैन्यविद्हरूलाई पार्टीमा ‘पूर्ण निष्ठा’ का साथ काम गर्न उत्तर कोरियाली सर्वोच्च नेता किमको आग्रह

सैन्यविद्हरूलाई पार्टीमा ‘पूर्ण निष्ठा’ का साथ काम गर्न उत्तर कोरियाली सर्वोच्च नेता किमको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका शीर्ष नेता किम जोङ उनले सैन्यविद्हरूलाई सत्तारुढ मजदुर पार्टी अफ कोरिया (डब्लुपीके)लाई ‘पूर्ण निष्ठा’का साथ काम गर्न आह्वान गर्नुभएको कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले मङ्गलबार जनाएको छ । किमले शनिबार र आइतबार प्योङयाङमा सम्पन्न कोरियाली जनसेना (केपीए) का विज्ञहरूको आठौँ भेलामा उक्त भनाइ राख्नुभएको हो ।

उत्तर कोरियाली सत्ताधारी दल ‘वर्कस पार्टी अफ कोरिया (डब्ल्यूपीके)’ का महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष किमले पार्टीको विचार र नेतृत्वप्रति अथाह निष्ठावान् हुन र सैन्य शिक्षालाई व्यवस्थित र उपलब्ध गराउन सबै सैनिक शिक्षाविद्हरूलाई तयार गर्नुपर्नेमा जोड दिनुभएको हो । यो कोरियाली शैन्यविद्लाई लक्षित पार्टी विचार, नीति र पद्धतिप्रति इमान्दार बन्न दिइएको कडा निर्देशन हो । रिपोर्टअनुसार सैन्यविद्हरू आफ्नो महान कार्य र कर्तव्यबारे गम्भीररूपमा चनाखो रहनु पर्नेमा सर्वोच्च नेताले जोड दिनुभयो । सप्ताहन्तको सम्मेलनमा सैन्य जनशक्ति, केपीएको जनरल पोलिटब्युरोका वरिष्ठ अधिकारीहरू र जनरल स्टाफ तथा अन्य सम्बन्धित अधिकारीहरू उपस्थित रहेका केसीएनएले बताएको छ ।

यो पनि – इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।
राजधानी बगदादबाट करिब ५५० किलोमिटर दक्षिणमा रहेको मध्य बसराको अल-सोमोदमा फसेको मोटरसाइकलमा दिउँसो विष्फोट भएको इराकी संयुक्त अपरेशन कमाण्ड (जेओसी) को मिडिया कार्यालयले विज्ञप्ति मार्फत् जनाएको छ।

बसरा स्वास्थ्य विभागको प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, विष्फोटले नजिकैका दुईवटा नागरिक कारहरूमा आगजनी गरेको छ जसमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। घटनाको बारेमा थप जानकारी पछि सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ । विष्फोटक विज्ञ र सुरक्षा बलले विष्फोट भएको ठाउँमा अनुसन्धान गरिरहेको छ।