अमेरिकाले शीतकालीन खेलकुदको “कूटनीतिक बहिष्कार” मा जोड दिएमा चीनले जवाफ दिनेछ: प्रवक्ता

अमेरिकाले शीतकालीन खेलकुदको “कूटनीतिक बहिष्कार” मा जोड दिएमा चीनले जवाफ दिनेछ: प्रवक्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परराष्ट्र मन्त्रालयका प्रवक्ताले सोमबार बेइजिङ शीतकालीन ओलम्पिकको तथाकथित “कूटनीतिक बहिष्कार” को प्रचार नगर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गर्दै यदि अमेरिकाले त्यसो गर्न जिद्दी गरे चीनले प्रतिवाद गर्ने बताउँनु भएको छ । प्रवक्ता झाओ लिजियानले दैनिक प्रेस ब्रिफिंगमा तथाकथित “कूटनीतिक बहिष्कार” घोषणा गर्ने बाइडेन प्रशासनको योजनाको बारेमा सोध्दा उक्त टिप्पणी गर्नु भएको हो।

“संयुक्त राज्य अमेरिकाले चीनको चिन्तालाई गम्भीरताका साथ लिनुपर्छ, खेलकुदलाई राजनीतिकरण गर्नबाट अलग रहनुपर्छ र महत्त्वपूर्ण क्षेत्रमा दुई देशबीचको वार्ता र सहयोगलाई असर पर्नबाट बच्न बेइजिङ शीतकालीन ओलम्पिकको तथाकथित ‘कूटनीतिक बहिष्कार’ को प्रचार गर्न बन्द गर्नुपर्छ” प्रवक्ता झाओले भन्नुभयो । शीतकालीन ओलम्पिक राजनीतिक मञ्च होइन भन्दै झाओले बेइजिङमा उपस्थित हुन आमन्त्रित नगरे पनि अमेरिकी राजनीतिज्ञहरूले “कूटनीतिक बहिष्कार” को निरन्तर प्रचार गरेका छन्।

“अष्ट्रेलियाले बेइजिङ शीतकालीन ओलम्पिकको “कूटनीतिक बहिष्कार” को मुद्दालाई अष्ट्रेलियाले विचार गरिरहेको छ भनी अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको भनाइको जवाफमा संयुक्त राज्यले चीनको चिन्ता लिनुपर्छ, झाओले भन्नु भयो यो विश्वभरका एथलीटहरू हुन् जो स्पटलाइटमा हुनुपर्छ। “बहिष्कारको नारा लगाउने राजनीतिज्ञहरूले आफ्नै राजनीतिक स्वार्थ पूरा गरिरहेका छन्। उनीहरू आए या नआए पनि कसैलाई वास्ता छैन र यसको सफलतापूर्वक आयोजना हुनबाट कुनै प्रभाव पर्दैन ।

यो पनि – आम माफीबारे सरकारको निर्देशन नमान्नेलाई दण्ड दिइने तालीवान नेताको भनाइ

ह्युमन राइट्स वाचले हालै जारी गरेको रिपोर्टप्रति प्रतिक्रिया जनाउँदै तालिबानले आम माफीको निर्देशन उल्लङ्घन गर्ने कुनै पनि इस्लामी इमिरेट्स सदस्य (अफगानी) लाई अभियोग लगाएर दण्ड दिइने तालिवान नेता तथा अफगान सरकारका प्रवत्ताले बताएका छन् । तालिवान समूहले गत अगस्ट १५ मा राजधानी काबुलसहितका अधिकांश भू–भाग नियन्त्रणमा लिएपछि नयाँ प्रशासनले पूरानो सत्तालाई सघाएका कर्मचारी, सुरक्षा अधिकारीलगायत सबैलाई आममाफी दिइने र सबैलाई विश्वासमा लिएर सरकार सञ्चालन गर्ने घोषणा गरेको थियो ।

तालिवान समूहको उक्त भनाइपछि पनि करिब १०० भन्दा बढी सुरक्षाकर्मी मारिएका वा वेपत्ता पारिएका भन्ने ‘ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)’ को रिपोर्टपछि तालिवान सरकारका अधिकारीको यो भनाइ आएका हो । गत हप्ता एउटा रिपोर्टमा एचआरडब्ल्यूले अफगानिस्तानको तालिवान सरकारले घोषणा गरेको आम माफीपछि पनि तालिवान समूहका स्थानीय कमान्डरहरूले पूर्व अफगान सुरक्षा बलका सदस्यहरूलाई मृत्युदण्ड दिन वा वेपत्ता पार्ने क्रम नरोकिएको बताएको केही दिन पछि सरकारी अधिकारीको यो भनाई सार्वजनिक भएको हो ।

टोलो न्युजकाअनुसार उक्त रिपोर्टपछि संयुक्त राज्य अमेरिका, युरोपेली संघ र अन्य २० देशका सरकारहरूले एचआरडब्ल्यूको रिपोर्टबारे तालिबान अधिकारीसँग चासो मानवअधिकार उल्लङ्घनबारे चासो व्यक्त गरेका थिए । विदेश मन्त्रालयका प्रवक्ता अब्दुल कहार बाल्खीद्वारा गरिएको ट्वीटमा भनिएको छ, “मुजाहिद्दिन माफी निर्देशन कार्यान्वयन गर्न पूर्णतया प्रतिबद्ध छन् र पहिलेको प्रशासनका कर्मचारीहरूलाई उनीहरूको पूर्व विरोधको लागि सताइएको छैन । इस्लामिक इमिरेट्सको सुधार आयोगले भने सुरक्षा फौजका पूर्व सदस्यको हत्याका कुनै पनि घटना दर्ता नभएको जनाएको छ ।

आयोगले भनेको छ, “इस्लामिक इमिरेट्स (अफगानिस्तान) का कुनै पनि शक्तिहरूले पूर्व प्रशासनसँग काम गरेकै आधारमा नागरिक वा पूर्व सरकारी अधिकारीलाई कारबाही गरेको वा सताएको भन्ने कुनै गुनासो हामीले प्राप्त गरेका छैनौं । उक्त रिपोर्टमा पूर्व सुरक्षा बलको हत्या इस्लामी अफगान सरकारको निर्देशन विपरीत भएको उल्लेख गरिएको छ । राजनीतिक विश्लेषक अहमद खान अण्दरले भन्नुभयो, “इस्लामिक इमिरेट्सले दिएको आम माफीको निर्देशन सबैले पालना गरेका छन् ।”

यो पनि – सैन्यविद्हरूलाई पार्टीमा ‘पूर्ण निष्ठा’ का साथ काम गर्न उत्तर कोरियाली सर्वोच्च नेता किमको आग्रह

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका शीर्ष नेता किम जोङ उनले सैन्यविद्हरूलाई सत्तारुढ मजदुर पार्टी अफ कोरिया (डब्लुपीके)लाई ‘पूर्ण निष्ठा’का साथ काम गर्न आह्वान गर्नुभएको कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले मङ्गलबार जनाएको छ । किमले शनिबार र आइतबार प्योङयाङमा सम्पन्न कोरियाली जनसेना (केपीए) का विज्ञहरूको आठौँ भेलामा उक्त भनाइ राख्नुभएको हो ।

उत्तर कोरियाली सत्ताधारी दल ‘वर्कस पार्टी अफ कोरिया (डब्ल्यूपीके)’ का महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष किमले पार्टीको विचार र नेतृत्वप्रति अथाह निष्ठावान् हुन र सैन्य शिक्षालाई व्यवस्थित र उपलब्ध गराउन सबै सैनिक शिक्षाविद्हरूलाई तयार गर्नुपर्नेमा जोड दिनुभएको हो । यो कोरियाली शैन्यविद्लाई लक्षित पार्टी विचार, नीति र पद्धतिप्रति इमान्दार बन्न दिइएको कडा निर्देशन हो ।

रिपोर्टअनुसार सैन्यविद्हरू आफ्नो महान कार्य र कर्तव्यबारे गम्भीररूपमा चनाखो रहनु पर्नेमा सर्वोच्च नेताले जोड दिनुभयो । सप्ताहन्तको सम्मेलनमा सैन्य जनशक्ति, केपीएको जनरल पोलिटब्युरोका वरिष्ठ अधिकारीहरू र जनरल स्टाफ तथा अन्य सम्बन्धित अधिकारीहरू उपस्थित रहेका केसीएनएले बताएको छ ।