इजरायलको दक्षिणमा बर्ड फ्लूको प्रकोप

इजरायलको दक्षिणमा बर्ड फ्लूको प्रकोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इजरायलले देशको दक्षिणमा रहेको टर्की फार्ममा रोगजनक एच ५ एन १ (H5N1) एभियन इन्फ्लुएन्जाको प्रकोप देखिएको उल्लेख गरेको छ । खोरहरूमा टर्कीहरूको असामान्य मृत्यु भएको रिपोर्ट सार्वजनिक भएपछि अविग्दोर गाउँको एक फार्ममा बर्ड फ्लूका केसहरू फेला परेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको भेटेरिनरी सेवाले सङ्क्रमित क्षेत्रमा तीव्र अनुसन्धान शुरु गरेको छ ।

एच ५ एन १ (H5N1) बर्ड फ्लूले अन्य जनावरहरू जस्तै बिरालो बाघ, सुँगुर र दुर्लभ अवस्थामा मानिसहरूलाई पनि संक्रमित गर्न सक्ने अनुसन्धानले देखाएको छ । मानिसमा बर्ड फ्लुको पहिलो लक्षण सामान्यतया गम्भीर श्वासप्रश्वासको रोग र ज्वरो आउँनु हो। इजरायलमा बर्ड फ्लूको ठूलो प्रकोप २००६ मा रेकर्ड गरिएको थियो जसमा दक्षिणमा नौ व्यावसायिक रूपमा पालिएका टर्कीका खोरहरू समावेश थिए।

यो पनि – पहिलो ११ महिनामा चीनको वैदेशिक व्यापार २२ प्रतिशतले वृद्धि

चीनको कुल आयात निर्यात सन् २०२१ को पहिलो ११ महिनामा वार्षिक रूपमा २२ प्रतिशतले बढेर ३५.३९ ट्रिलियन युआन (५.५५ ट्रिलियन अमेरिकी डलर) पुगेको आधिकारिक तथ्याङ्कले मंगलबार देखाएको छ।भन्सारको सामान्य प्रशासनका अनुसार सन् २०२० को लागि कुल ३२.१६ ट्रिलियन-युआनलाई पार गरिसकेको यो सङ्ख्या २०१९ मा महामारी स्तरको तुलनामा २४ प्रतिशतले बढेको हो।

दुवै निर्यात र आयातले वर्षको पहिलो ११ महिनामा दोहोरो अङ्कको वृद्धि जारी राखेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः २१.८ प्रतिशत र २२.२ प्रतिशतले बढेको छ । नोभेम्बरमा मात्रै देशको आयात र निर्यात वर्षको तुलनामा २०.५ प्रतिशतले बढेको छ जुन अक्टोबरको तुलनामा ११.४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

यो पनि – सैन्यविद्हरूलाई पार्टीमा ‘पूर्ण निष्ठा’ का साथ काम गर्न उत्तर कोरियाली सर्वोच्च नेता किमको आग्रह

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका शीर्ष नेता किम जोङ उनले सैन्यविद्हरूलाई सत्तारुढ मजदुर पार्टी अफ कोरिया (डब्लुपीके)लाई ‘पूर्ण निष्ठा’का साथ काम गर्न आह्वान गर्नुभएको कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले मङ्गलबार जनाएको छ । किमले शनिबार र आइतबार प्योङयाङमा सम्पन्न कोरियाली जनसेना (केपीए) का विज्ञहरूको आठौँ भेलामा उक्त भनाइ राख्नुभएको हो ।

उत्तर कोरियाली सत्ताधारी दल ‘वर्कस पार्टी अफ कोरिया (डब्ल्यूपीके)’ का महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष किमले पार्टीको विचार र नेतृत्वप्रति अथाह निष्ठावान् हुन र सैन्य शिक्षालाई व्यवस्थित र उपलब्ध गराउन सबै सैनिक शिक्षाविद्हरूलाई तयार गर्नुपर्नेमा जोड दिनुभएको हो । यो कोरियाली शैन्यविद्लाई लक्षित पार्टी विचार, नीति र पद्धतिप्रति इमान्दार बन्न दिइएको कडा निर्देशन हो । रिपोर्टअनुसार सैन्यविद्हरू आफ्नो महान कार्य र कर्तव्यबारे गम्भीररूपमा चनाखो रहनु पर्नेमा सर्वोच्च नेताले जोड दिनुभयो । सप्ताहन्तको सम्मेलनमा सैन्य जनशक्ति, केपीएको जनरल पोलिटब्युरोका वरिष्ठ अधिकारीहरू र जनरल स्टाफ तथा अन्य सम्बन्धित अधिकारीहरू उपस्थित रहेका केसीएनएले बताएको छ ।

यो पनि – इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।
राजधानी बगदादबाट करिब ५५० किलोमिटर दक्षिणमा रहेको मध्य बसराको अल-सोमोदमा फसेको मोटरसाइकलमा दिउँसो विष्फोट भएको इराकी संयुक्त अपरेशन कमाण्ड (जेओसी) को मिडिया कार्यालयले विज्ञप्ति मार्फत् जनाएको छ।

बसरा स्वास्थ्य विभागको प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, विष्फोटले नजिकैका दुईवटा नागरिक कारहरूमा आगजनी गरेको छ जसमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। घटनाको बारेमा थप जानकारी पछि सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ । विष्फोटक विज्ञ र सुरक्षा बलले विष्फोट भएको ठाउँमा अनुसन्धान गरिरहेको छ।