समुदायको सहभागिताले नै हिं.सा न्यूनीकरण तथा व्यवस्थापन सम्भव रहेको वक्ताले बताएका छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियानको समयमा आज यहाँ काठमाडौँ महानगरपालिका र सामुदायिक प्रहरी, स्वयम्भूको संयुक्तरूपमा आयोजनामाा गरिएको लैङ्गिक हिंसाका विषयमा विद्यालयका बालबालिकासँग अन्तक्र्रिया कार्यक्रममा सहभागीले उक्त धारणा राखेका हुन् ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले उजुरी परेका घटना मात्र प्रहरीको सूचनामा आउने भाएकाले प्रहरीमा नआउनेको सङ्ख्या धेरै भएको तथ्याङ्कले देखाएको भन्दै यसको न्यूनीकरणका लागि समुदायको भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले, सामाजिक न्यायमा आधारित समाज निर्माणलाई कामपाले प्राथमिक योजनाका साथ दायित्व निर्वाह गरिरहेको उल्लेख गर्नुभयो ।
सन् १९९१ देखि हरेक वर्षको नोभेम्बर २५ देखि महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने गरेको छ । लिङ्गका आधारमा हुने सबै प्रकारका हिंसा र अपराध हटाएर समानतामा आधारित समाज निर्माण गर्नु यस अभियानको मुख्य लक्ष्य हो । महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण भेदभाव, अपमान, दुव्र्यवहार, शारीरिक, मानसिक, भावनात्मक वा यौनजन्य पीडा सबै हिंसा हुन् । कानूनले यी सबै प्रकारका गतिविधिलाई अपराध मानेको छ ।
नेपालमा बोक्सीको आरोप, महिनावारी र सुत्केरीसम्बन्धी मूल्यमान्यता, गाली, बेइज्जती, छुवाछूत, दाइजो, लिङ्ग पहिचानबाट गरिने भ्रूण हत्याजस्ता हिंसा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । यसप्रकारका अपराध हुन नदिन नेपालको संविधानले विभिन्न अधिकारको व्यवस्था गरेको छ । महिलाको हक, शोषणविरुद्धको हक, छुवाछूत र भेदभावविरुद्धको हक, समानताको हक, न्यायसम्बन्धी हक, अपराध पीडितको हक, बालबालिकाको हकलाई मुख्यरूपमा लिन सकिन्छ । अभियानको यस वर्षको नारा ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ रहेको छ ।
यो पनि – घरेलु उद्योग पनि परिवर्तनसँगै आधुनिकतातिर जानुपर्ने जरुरी : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले घरेलु उद्योग पनि परिवर्तनसँगै आधुनिकतातिर जानुपर्ने जरुरी रहेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुदूरपश्चिम प्रदेशको आज धनगढीमा आयोजित दोस्रो अधिवेशन एवं दोस्रो महिला सम्मेलनको उद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले घरेलु उद्योग परिवर्तनसँगै आधुनिकतातिर जान सकिएन भने जति प्रयास गरे पनि माथि उठ्न नसकिने बताउनुभयो ।
“कुनै पनि ठाउँमा कुनै उद्योगले एउटा नयाँ चिज उत्पादन गर्दछ भने त्यसको लागि बजार आफँै तयार हुन्छ, मानिस नयाँ नयाँ कुरा चाहन्छ, उसले आज जे चिज प्रयोग गरेको छ भोलि त्यो प्रयोग गर्दैन, आज जे खाएको छ त्यो भोलि खाँदैन”, मुख्यमन्त्री भट्टले भन्नुभयो, “त्यसैले सोही आधारमा आफ्नो व्यवसायलाई अगाडि बढाउनुपर्ने जरुरी हुन्छ, होइन भने हामी अगाडि बढ्न सक्दैनौँ ।”
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले विगतमा घरेलु तथा साना उद्योगका विभिन्न खालका नीतिगत समस्या रहेको भन्दै र ती समस्यालाई अब चाँडोभन्दा चाँडो समाधान गर्ने प्रक्रियामा प्रदेश सरकार रहेको बताउनुभयो ।



प्रतिक्रिया