बौद्धिक अपाङ्गता अभिभावक महासङ्घमा पुनः बस्नेत

बौद्धिक अपाङ्गता अभिभावक महासङ्घमा पुनः बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बौद्धिक अपाङ्गताका अभिभावक महासङ्घ नेपालको दशाँै वार्षिक साधारणसभा तथा पाँचौँ महाधिवेशनबाट पुनः राजु बस्नेतको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । आज यहाँ सम्पन्न महाधिवेशनले चार जना पछि मनोनीत गर्ने गरी १५ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा शीला थापा, महासचिवमा रामनारायण श्रेष्ठ, सचिवमा उर्मिला केसी र कोषाध्यक्षमा गोकर्णप्रसाद आचार्य निर्विरोध चयन हुनुभएको छ । सदस्यमा शान्ताप्रभा खनाल, प्रमिला शाक्य, जगदीशप्रसाद अर्याल, जमुना पौडेल, टीकाराम सापकोटा र श्रीप्रसाद सापकोटा चयन हुनुभएको हो ।

सोमबार सुरु भएको महाअधिवेशनले संस्थाको आव २०७६÷७७ र २०७७÷७८ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा भावी कार्यक्रम अनुमोदन गरेको थियो । बौद्धिक अपाङ्गताका अभिभावक महासङ्घ नेपालका देशभरका ४० जिल्लाका प्रतिनिधि, पर्यवेक्षकसहित १५० जनाको सहभागिता रहेको थियो ।

यो पनि – समुदायको सहभागितामै हिंसा न्यूनीकरण सम्भव छ

समुदायको सहभागिताले नै हिं.सा न्यूनीकरण तथा व्यवस्थापन सम्भव रहेको यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आज यहाँ काठमाडौँ महानगरपालिका र सामुदायिक प्रहरी स्वयम्भूको आयोजनामाा भएको लैङ्गिक हिंसाका विषयमा विद्यालयका बालबालिकासँग भएको अन्तक्र्रियामा सहभागीले उक्त धारणा राखेका हुन् । कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले उजुरी परेका घटना मात्र प्रहरीको सूचनामा आउने भाएकाले प्रहरीमा नआउनेको सङ्ख्या धेरै भएको तथ्याङ्कले देखाएको भन्दै यसको न्यूनीकरणका लागि समुदायको भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले सामाजिक न्यायमा आधारित समाज निर्माणलाई कामपाले प्राथमिक योजनाका साथ दायित्व निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । सन् १९९१ देखि हरेक वर्षको नोभेम्बर २५ देखि महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने गरेको छ । लिङ्गका आधारमा हुने सबै प्रकारका हिंसा र अपराध हटाएर समानतामा आधारित समाज निर्माण गर्नु यस अभियानको मुख्य लक्ष्य हो । अभियानको यस वर्षको नारा ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ रहेको छ ।