२७ औँ महानगर दिवस तीन दिन मनाउने

२७ औँ महानगर दिवस तीन दिन मनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ महानगरपालिकाले आफ्नो २७ औँ महानगर दिवसमा ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनियाको खोप लगाउने भएको छ । समारोहका संयोजक कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार समारोहमा ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित यही मङ्सिर २७, २८ र २९ गते महानगर दिवस मनाउन लागिएको हो । सो अवसरमा ४० वटा बुथबाट सर्वेक्षण गरिनेछ । यसमा सहभागी हुनेलाई निःशुल्क १० वटा मास्क दिइनेछ । यसैगरी १० वटा बुथबाट कोभिडविरुद्धको खोप सञ्चालन गरिनेछ ।

कोरोनाको अवस्था हेरी सामान्य नै रहेमा दिवसको अन्तिम दिन १९ गते वसन्तपुरमा मूल समारोह आयोजना हुनेछ । त्यस दिन परम्परागत बाजा गुरु कलाकार सम्मान, सुशासन पत्रकारिता पुरस्कार तथा अन्य क्षेत्रगत पुरस्कार पनि वितरण गर्ने कार्यक्रम रहेको प्रमुख शाक्यले जानकारी दिनुभयो । कामपाले २०५२ साल मङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष सोही दिन महानगर दिवस मनाउँदै आएको छ ।

यो पनि – कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको उम्मेदवारबारे छलफल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि सभापतिको एकमात्र उम्मेदवार बनाउने विषयमा छलफल गरेको छ ।सो समूहका नेताको आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको बैठकले एकमात्र उम्मेदवार टुङ्याउन नसकेपछि बुधबार बिहान ९ बजे पुनः बैठक बस्ने निष्कर्ष निकालेको हो । बुधबारसम्म एकमात्र उम्मेदवार तय गर्ने सहमति भएको बैठकमा सहभागी केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।

बैठकमा सभापतिका उम्मेदवार वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा शेखर कोइरालाले आफ्नो दाबी प्रस्तुत गर्नुभएको थियो । नेताहरुले बुधबार बिहान आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिसँग रायपरामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने तयारी गर्नुभएको उहाँले बताउनुभयो ।

दिउँसो १ देखि साँझ ७ बजेसम्म बसेको बैठकमा सभापतिका चारै जना उम्मेदवार, कोषाध्यक्ष सीतादेवी यादव, नेता डा रामशरण महत, बलबहादुर केसी, डा मीनेन्द्र रिजाल, दिलबहादुर घर्ती, डा चन्द्र भण्डारी, बद्री पाण्डे, धनराज गुरुङ जीवन परियारलगायत सहभागी हुनुहुन्थ्यो ।