विपद्ग्रस्त क्षेत्र विस्तार गर्न माग

विपद्ग्रस्त क्षेत्र विस्तार गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङका सांसद तथा नेकपा(एमाले) नेताले १२ वटै स्थानीय तहलाई विपद्ग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । गृह मन्त्रालयले मङ्गलबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिका गरी चार वटा स्थानीय तहलाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका हो । जसमा बुङ्गल नगरपालिका, सुर्मा, मष्टा, तलकोट, केदारस्युँ, साइपाल, दुर्गाथली गाउँपालिका र छविसपाथीभेरा गाउँपालिका गरी आठ स्थानीय तह बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा हुन बाँकी छन् ।

बझाङमा असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म अविरल वर्षासँगै आएको बाढीपहिराले पूरै जिल्ला क्षत्विक्षत भएको र विकासका पूर्वाधारमा क्षति भएर जिल्ला १० वर्ष पछाडि धकेलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद तथा नेताले बाढीपहिरोपछि जिल्लावासीको जीवनयापन कष्टकर भएको भन्दै जिल्लावासीको मागअनुरुप मङ्गलबार बसेको मन्त्रिपरिषद्को निर्णयले बझाङका चार वटा स्थानीय तहलाई मात्र सङ्कटग्रस्त क्षेत्र घोषणा गरेकाप्रति जिल्लावासीको ध्यानाकर्षण भएको उक्त पत्रमा उल्लेख गरिएको छ ।

सो निर्णयले बझाङलाई न्यायोचित सम्बोधन नभएको भन्दै बाँकी आठ स्थानीय तहलाई पनि समेटेर सिङ्गो बझाङलाई नै बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । उक्त पत्रमा प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, पूर्व राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य आशाकुमारी विक, संविधानसभा सदस्य तथा नेकपा (एमाले)का नेता अफिलाल ओखेडा र संविधानसभा सदस्य तथा एमालेका नेता एलवी रावलले हस्ताक्षर गर्नुभएको छ ।

यो पनि – कांग्रेस महाधिवेशन : सुदूरपश्चिमबाट सभापतिसहित पदाधिकारीमा दाबी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि सुदूरपश्चिमबाट पार्टी सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा आफ्नो उम्मेद्वारी दाबी गर्ने क्रम बढिरहेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक सभापति पदका लागि तयारी गरिरहँदा सुदूरपश्चिमका दोस्रो तहका कांग्रेस नेताले महाधिवेशनमा पदाधिकारीको दौडमा गति बढाएका छन् ।

कञ्चनपुर कांग्रेसका नेता एवं केन्द्रीय सदस्य नारायणप्रकाश साउदले महामन्त्री पदका लागि उम्मेद्वारी दिने तयारीसहित काठमाडौँमा सम्र्पक कार्यालय सञ्चालन गरेर चुनावी गतिविधि बढाउनुभएको छ । सभापति देउवा निकट मानिने साउदले आफू महामन्त्री पदको उम्मेद्वार नबने पनि आफू निकट नेता तथा कार्यकर्तामार्फत प्रचारप्रसार अघि बढाइरहनुभएको छ ।

त्यसैगरी कांग्रेस कञ्चनपुरका अर्का नेता एवं केन्द्रीय सदस्य रमेश लेखक पनि १४औँ महाधिवेशनमा पदाधिकारीको दौडमा हुनुहुन्छ । उहाँले टिमको छलफल र टुङ्गोबाट आफू अघि बढ्ने निकटतस्थलाई बताइरहनुभएको बताइएको छ । उहाँलेको दाबी पनि महामन्त्री पदमै रहेको कांग्रेस नेताको भनाइ छ । कञ्चनपुरमा नेता लेखकको निर्वाचन क्षेत्र नं ३ र साउदको २ नम्बरमा राम्रो प्रभाव छ ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र १ मा पार्टीमा राम्रो पकड बनाएका संविधानसभा सदस्य दिवान विष्टले पनि केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने तयारी गर्नुभएको छ । संस्थापन इतर समूहसित नजिक मानिएका विष्टले यसपटक जिल्लास्तरसम्मको निर्वाचनमा भने नेता साउदसित चुनावी तालमेल गर्नुभएको थियो । विसं २०३२ को सरोफोरोबाट कांग्रेसको राजनीतिमा रहेका नेता विष्ट १४औँ महाधिवेशनमा आइपुग्दा सुदूरपश्चिम प्रदेशबाट पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारीमा हुनुहुन्छ ।

यसैगरी सुदूरपश्चिमका पहाडी जिल्लाबाट कांग्रेस नेता केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै छन् । बाजुराबाट यसअघि सहमहामन्त्रीमा कांग्रेस नेता बद्री पाण्डेले उम्मेद्वारी घोषाणा गरिसक्नुभएको छ । उहाँले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारलाई अघि बढाउनुभएको छ । उहाँ रामचन्द्र पौडेल निकट नेता मानिनुहुन्छ ।

त्यसैगरी दार्चुला, बैतडी क्षेत्रमा राम्रो पकड बनाएका कांग्रेस केन्द्रीय सदस्य तथा कानुनमन्त्री दीलेन्द्रप्रसाद बडूले पनि केन्द्रीय पदाधिकारीमा आकांक्षा देखाएको उहाँ निकट नेताको भनाइ छ । पौडेल समूहबाट सहमहामन्त्री पदमा बडूको नाम उम्मेद्वारको आकांक्षीका रूपमा आउने गरेको भए पनि उहाँ टिमसित छलफलबाट अघि बढ्ने मनिस्थितमा हुनुहन्छ । “टिमको निर्णय अनुसार मन्त्री कुन पदमा लड्ने भन्ने टुङ्गोमा आज बेलुकी वा भोलि बिहानसम्म पुग्नुहुन्छ”, उहाँका एक सहयोगीले भन्नुभयो ।

त्यस्तै नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले पनि केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने तयारी अघि बढाउनुभएको छ । कैलालीको टीकापुरबाट कांग्रेस नेता एवं प्रदेशसभा सदस्य डा रणबहादुर रावलले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । उहाँले महाधिवेशनमा सुदूरपश्चिम प्रदेश ९भूगोल० तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

कांग्रेस कञ्चनपुरकी नेत्री एवं महिला सङ्घ केन्द्रीय सदस्य रमिता शाही देउवाले पनि सुदूरपश्चिमबाट केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसचिव भोजराज बोहराले १४औँ महाधिवेशनमा सुदूरपश्चिमबाट पदाधिकारीमा पनि माथिल्लो तहमा यहाँका नेताले स्थान पाउने सम्भावना कम रहेको बताउनुभयो ।

“सभापति पनि यतै, उपसभापति र महामन्त्री पनि यतिकैले पाउँलान जस्तो लाग्दैन्”, बोहराले भन्नुभयो, “सहमहामन्त्री र केन्द्रीय सदस्य भने यहाँका नेताले बाजी मार्न सक्छन् ।” महाधिवेशनका लागि सुदूरपश्चिमका नौवटै जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र पार्टी सभापतिलगायत नेता काठमाडाँै जाने क्रम सुरु भइसकेको छ ।