रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटन तःबहाल लगिने

रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटन तःबहाल लगिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन छ महिना बुङ्मती राखिने चलनानुसार दिउँसो तःबहाल ल्याउन लागिएको हो । यही मङ्सिर ९ गते आफूहरु बसेर हेरेको साइतअनुसार आज दिउँसो मच्छिन्द्रनाथलाई पाटन ल्याउने तयारी भइरहेको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहानको साइतअनुसार साङ्केतिक रुपमा भगवान्लाई हल्लाएर दिउँसो खटमा बोकेर ल्याइनेछ ।”

मच्छिन्द्रनाथलाई पाटन ल्याउन आफूहरुले चार दिनअघिदेखि एक छाक चोखो खाना खानाका साथै आवश्यक नियम पालन गरेर बसिरहेको मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पाटन ल्याउनु केही दिनअघि भैरवनाथ अनि कुमारीका साथै मच्छिन्द्रनाथको समेत पूजा गरिसकेका छाँै ।” यसैगरी चार दिनअघि मच्छिन्द्रनाथको रङरोहण तथा होम र बलि पूजासमेत गरेको बज्राचार्यले जानकारी गराउनुभयो ।

दिउँसो गुठी संस्थानका कर्मचारी बुङ्मती आएर पूजापाठ गर्ने र गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ पुजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित काठमाडौँ उपत्यकाका जनताको सहभागितमा बाजागाजासहित खटमा बोकेर पाटन ल्याउने ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताउनुभयो ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ ।

यो पनि – देशभरका ५० समूहको भजन प्रदर्शन

युवा पुस्ताको बेवास्ताका कारण लोप हुन थालेको लोक भजन संरक्षण र शालग्रामको प्रवद्र्धनका लागि बागलुङमा आयोजना गरिएको ‘शालग्राम भजन महोत्सव’मा ५० समूहलाई सहभागी गराइने भएको छ । पुरानो संस्कृतिका रुपमा रहेको लोक भजन जोगाउनका लागि आयोजना गरिएको भजन महोत्सवमा ५० समूहबाट भजन प्रदर्शन गराइने भजन महोत्सव आयोजक संस्थाले जनाएको छ । यही मङ्सिर २४ देखि २८ गतेसम्म आयोजना गर्न लागिएको भजन महोत्सवको सबै तयारी पूरा भएको जनाइएको छ ।

बागलुङ नगरपालिका–४ कुडुँलेस्थित श्रीधरआचार्य शालग्राम सङ्ग्रहालयमा प्रथम शालग्राम भजन महोत्सव आयोजना गरिएको छ । तिरुपती बालाजीधाम तथा शालाग्राम सङ्ग्रहालयको आयोजनामा गर्न थािलएको भजन महोत्सवमा देशभरबाट ५० समूहले सहभागिता जनाउने भजन महोत्सव मूल आयोजक समितिका संयोजक राजु खड्काले जानकारी दिनुभयो ।

“हामी निरन्तर भजन समूहको सम्पर्कमा छौँ, ५० भन्दा बढी समूहले आउने कुरा गर्नुभएको छ, हालसम्म २५ समूहले सहभागी हुने निधो दिइसक्नुभएको छ”, खड्काले भन्नुभयो, “भजन प्रदर्शन गर्ने सबै सहभागीलाई यातयात खर्च उपलब्ध गराइनेछ, यो नितान्त प्रतियोगिता नभएर प्रदर्शनी हो, यहाँको शालग्रामको महिमा बढाउन हो ।”

अहिले सङ्ग्रहालय आसपासका क्षेत्र सजाउने, प्रचारप्रसार गर्ने र मोटरसाइकल ¥याली गने काम भइरहेको छ । महोत्सव सफल पार्न २५१ सदस्यीय मूल आयोजक समिति, ११ उपसमिति गठन गरेर काम भइरहेको छ । धार्मिक पर्यटक आर्कषण गर्नका लागि भजन महोत्सव आयोजना गरिएको शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले बताउनुभयो । प्रतियोगितामा प्रतिस्पर्धा हुने भएकाले खुलारुपमा भजन आयोजना गरिएको उहाँको भनाइ छ । शालग्राम सङ्ग्रहालय दुई वर्षदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

यसअघि भजन प्रतियोगिता आयोजना गरे पनि प्रतियोगिताले सबैलाई समेट्न नसकेकाले महोत्सव आयोजना गरिएको भजन महोत्सवका सहसंयोजक तथा जैमिनी संकृतनका अध्यक्ष सङ्घम क्षेत्रीले जानकारी दिनुभयो । भजन महोत्सवमा सहभागीलाई यातयात खर्च दिइनेछ भने दैनिकरुपमा उत्कृष्ट भजन टोलीलाई सम्मान गर्ने आयोजकको तयारी छ । शालग्राम सङ्ग्रहालयमा गर्न थालिएको भजन महोत्सवमा रु १० लाख खर्चको अनुमान गरिएको छ । महोत्सवमा राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठानका अध्यक्ष प्रजापती पराजुली, लोक तथा भजन गायक रेशम सापकोटा र लोक भजनका खोजकर्ता डा तुलसी प्रवासका समेत भजन प्रस्तुत हुनेछन् ।