९ पालिकामा माओवादी अधिवेशन

९ पालिकामा माओवादी अधिवेशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र)ले जिल्लाका नौ पालिकामा अधिवेशन सम्पन्न गरेको छ । मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाको नौ पालिकामा अधिवेशन सम्पन्न गरेको हो । माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार मेलौली, दशरथचन्द, पाटन, पुर्चौडी नगरपालिका, शिवनाथ, सुर्नया, डिलाशैनी, दोगडाकेदार र सिगास गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सबै स्थानीय तहमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ ।

बाँकी रहेका पञ्चेश्वर गाउँपालिकामा आज पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र जनाएको छ । तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि माओवादीले पहिलोपटक विधिवतरूपमा कमिटी बनाइरहेको हो । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

माओवादी केन्द्रले यही २५ मङ्सिरमा सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ । प्रदेशको सम्मेलनपछि आगामी पुस ११ देखि १३ राष्ट्रिय सम्मेलन गर्दैछ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रेणु चन्दले पार्टीको सङ्गठन विस्तारमा ध्यान दिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

यो पनि – पार्टी महाधिवेशनको ऊर्जालाई चुनावसम्मै लैजाऊँ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन देशैभरिबाट उत्साहपूर्वक काठमाडौँ आएका नेता, कार्यकर्ताहरूलाई यही उत्साह र उर्जालाई आगामी चुनावसम्मै लैजान आग्रह गर्नुभएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ पुस्तकको आज यहाँ विमोचन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “यो महाधिवेशनमा कांग्रेसका कार्यकर्तामा देखिएको ऊर्जालाई आगामी निर्वाचनसम्म लानुपर्छ र कांग्रेसलाई बहुमतप्राप्त पार्टी बनाउने कार्यमा तपाईँहरू सबै लाग्नुपर्छ ।”

पुस्तक विमोचन समारोहमा उपस्थित नेपाली कांग्रेसका सयौँ महाधिवेशन प्रतिनिधिसँग उहाँले सकेसम्म सहमतिका आधारमा महाधिवेशनबाट नेतृत्व चयन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म हामी सहमतिबाटै नेतृत्व चयन गर्नेछौँ नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने हो । तर पनि प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविकरूपमा लिएर कुनै पनि प्रकारको कटुता राख्नु हुँदैन । जित्नेले पनि हार्नेलाई समेट्नुपर्छ, हार्नेले पनि सहयोग गर्नुपर्छ, यसलाई प्रजातान्त्रिक प्रक्रियाका रूपमा लिनुपर्छ, कुनै पनि प्रकारको कटुता, मनोमालिन्य राख्नु हँुदैन, असहिष्णु बन्नु हुँदैन ।”

प्रधानमन्त्री देउवाले १४औँ महाधिवेशन नेपाली कांग्रेसका मात्र नभएर नेपालको प्रजातान्त्रिक भविष्यका लागि पनि एक महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशन सफल पारेर फर्किएर नेपाली कांग्रेसलाई बलियो बनाउने र अबका सबै निर्वाचनहरूमा बहुमत हासिल गर्ने बनाउन साथीहरू लाग्नुहुनेछ ।”

कार्यक्रममा प्रधानमन्त्री देउवाले सहमहामन्त्री डा महतले बिपी कोइरालाको सरकारको अर्थव्यवस्थाका विषयमा पुस्तक लेखेर प्रसंशनीय काम गरेको बताउनुभयो । उहाँले डा महतलाई मेहेनती र आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने व्यक्ति भनेर टिप्पणी पनि गर्नुभयो ।

सहमहामन्त्री डा महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक बिपी कोइराला प्रधानमन्त्री रहेको नेपालको पहिलो जननिर्वाचित सरकरको अर्थव्यवस्थाका बारेमा रहेको छ । सोही विषयमा डा महतले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयको स्नातकोत्तरको शोध तयार गर्नुभएको र यसै विषयको केही संशोधित सागम्रीसहित पुस्तकका रूपमा प्रकाशन गरेको डा महतले जानकारी दिनुभयो ।

उहाँले त्यस समयमा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित रहेको र उक्त विषयमा शोध तयार गर्न पनि निकै कठिन अवस्था रहेको भए पनि आफूले बिपी कोइरालाले नेपालमा प्रजातान्त्रिक समाजवादको अवधारणा के कसरी भित्र्याउनुभएको थियो भन्ने विषयमा आफ्नो शोध केन्द्रित गरेको बताउनुभयो ।

साथै त्यस समयमा समाजवादी विचारमा बिपी कोइरालाको सरकारले के–कस्तो अर्थनीति अँगाल्ने प्रयास गरेको थियो भन्नेबारेमा अनुसन्धान गर्न आफू इच्छुक रहेकाले सोही विषयमा शोध तयार पारेको र अहिले पनि समाजवादी अवधारणाको महत्व उत्तिकै रहेकाले पुस्तकका रूपमा प्रकाशन गरेको डा महतले बताउनुभयो ।

‘बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसी’द्वारा प्रकाशित सो पुस्तकमाथि टिप्पणी गर्र्दै सो संस्थाका डा पोषराज पाण्डे र डा प्रभु बुढाथोकीले बिपी कोइरालाको पालामा रहेको नेपाली कांग्रेसको आर्थिक नीति नै आधुनिक नेपालको आर्थिक नीति रहेको कुरा सो पुस्तक पढेपछि थाहा हुने भन्दै नेपाली कांग्रेसको आर्थिक, सामाजिक नीतिका बारेमा यस पुस्तकले जानकारी दिने बताउनुभयो ।