लमजुङको भुस्मेमा विद्यार्थी तथा शिक्षक बोकेको जीप दुर्घटना ः १२ जना घाइते

लमजुङको भुस्मेमा विद्यार्थी तथा शिक्षक बोकेको जीप दुर्घटना ः १२ जना घाइते

52
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्र्याङ्दी गाउँपालिका ८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मस्र्याङ्दी –९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गएरको सो जीप आज विहान दुर्घटनामा परेको भुस्मेका स्थानीयवासी होमराज तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनाको जीपबाट उद्धार गर्न समस्या भइरहेको छ भने अन्य १० जनाको उद्धार गरेर जिल्ला अस्पताल ल्याइँदै छ । जीपमा सिमपानीस्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक रहेका र घुम्तीमा ब्याक गर्ने क्रममा करिब ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।

खुदी प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको र जीपले थिचेकाको उद्धार गर्ने काम भइरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । थप विस्तृत जानकारी आउन बाँकी रहेको छ ।

यो पनि – बाजुराको काप्रीमा ट्रक दुर्घटना हुदा दुईको मृत्यु

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले राससलाई जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको छ ।

गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताउनुभयो । मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने तयारी भइरहेको छ । दुर्घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

यो पनि – काँकडभिट्टा नाकाबाट चार महिनामा पाँच करोडको कोदो आयात

पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच करोड बढीको कोदो नेपाल आयात गरिएको छ ।क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को साउन, भदौ, असोज र कात्तिकमा रु पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात गरिएको हो । गत वर्ष सोही अवधिमा रु चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो ।

क्वारेन्टिन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तरखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको बताउनुभयो । उहाँले गत वर्षको तुलनामा यस वर्ष ४० मेट्रिक टन बढी कोदो आयात भएको जानकारी दिनुभयो ।विर्तामोड नगरपालिका–५ मा मोती इन्टरनेशनल बिक्री केन्द्रमार्फत पवनकुमार अग्रवालले मासिक साढे सात हजार किलो कोदो भारतबाट खरिद गरेर ल्याउने गरेको बताउनुभयो । उहाँले भारतबाट ल्याइने कोदोलाई ५० किलोका बोरामा प्याकेजिङ गरेर बिक्री गर्ने गरेको जानकारी दिनुभयो । अग्रवालजस्तै अन्य पाँच बिक्री केन्द्रले भारतबाट कोदो ल्याएर नेपालमा प्याकेजिङ गरेर बिक्री गर्दै आएका छन् ।

नेपाल २० वर्षअघि सम्म हेटौँडाबाट उत्पादन हुने कोदोमा आत्मनिर्भर रहेको तर, हेटौँडामा कोदोको उत्पादन हुन छाडेपछि भारतीय कोदो ल्याएर बिक्री गर्दै आएको उहाँले बताउनुभयो । “गुणस्तरीय कोदो उत्पादन हुन्थ्यो हेटौँडामा”, उहाँले भन्नुभयो, “युवा जति पलायन हुन थालेपछि र कोदो खेती हुने जमिनमा सहरीकरण भएपछि नेपाल कोदोमा परनिर्भर हुनुप¥यो ।”

कृषि ज्ञान केन्द्रका अर्थविज्ञ शालिकराम भट्टराईले झापामा ९५० हेक्टर जमिनमा मात्र कोदो खेती हुँदै आएको बताउनुभयो । नेपालको पहाडी तथा तराईका जिल्लामा कोदो खेती प्रशस्तै हुने भए पनि किसानको ध्यान त्यतातिर नजाँदा परनिर्भर हुनुपर्ने बाध्यता भएको बताउनुभयो । उहाँले विशेष गरी जाँड रक्सी बनाउनका लागि कोदो भारतबाट आयात हुने गरेको सुनाउनुभयो । उहाँले पछिल्लो समय होमस्टे, रेष्टुराँमा कोदोको रोटी, ढिँडोको परिकार बनाउनसमेत आयात हुने गरेको बताउनुभयो ।