राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको शालिक अनावरण हुँदै

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको शालिक अनावरण हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्जुनधारा नगरपालिका–९ स्थित नमूना सामुदायिक वन परिसरमा निर्मित राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको पूर्णकदको शालिकको अनावरण हुने भएको छ । यसअघि विसं २०७६ चैत १६ गते र विसं २०७७ वैशाख २६ गते शालिकको अनावरणको कार्यक्रम तोकिए पनि कोभिड–१९ को सङ्क्रमणका कारण स्थगन भएको थियो । दुईपटकसम्म स्थगन गरिएको शालिकको अनावरण यही मङ्सिर २६ गते किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

फाल्गुनन्द स्मृति प्रतिष्ठानले विसं २०७४ मा नेपाल सरकारको रु २० लाख साविक जिल्ला विकास समितिको रु पाँच लाख र विभिन्न दाताहरूबाट सङ्कलन भएको रु २५ लाख गरी कूल रु ५० लाखको लागतमा लिङ्देनको शालिकसँगै माङहिम (किराँत धर्मावलम्बीहरूको मूल मन्दिर), धुनी कुण्ड, पुजारी आश्रम, गेट र शौचालय निर्माण गरिएको छ ।

प्रतिष्ठानका उपाध्यक्ष भूपेन्द्र न्यौपानेले सो क्षेत्रमा बहुधार्मिक पर्यटकीय स्थलको पहिचान बनाउने उद्देश्यले छ कठ्ठा जमिनमा सो संरचना निर्माण गरेको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय विभूति लिङ्देनको शालिक एउटै ढुङ्गालाई कुँदेर मञ्जुल मितेर कला केन्द्र मोरङ उर्लाबारीका मूर्तिकार भक्त राईले तयार पारेको बताउनुभयो । लिङ्देनको छ फिट उचाइ रहेको शालिक निर्माणमा मात्र रु १० लाख खर्च भएको उहाँको भनाइ छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गङ्गाप्रसाद उप्रेती, किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले आउने कार्यक्रमलाई सफल पार्नका लागि प्रतिष्ठानले सातवटा उपसमिति गठन गरेको छ । देशकै नमूना प्रतिष्ठानका रूपमा विकास गर्ने लक्ष्य लिएको माङहिमको गुरुयोजना तयार गरी फाल्गुनन्द बाटिका निमार्ण गर्ने, नेपाली भाषा, साहित्य, संस्कृतिको पुस्तकालय तथा अध्ययन केन्द्र निर्माण गर्नेलगायतका योजना रहेको प्रतिष्ठानका सचिव लवकुश गौतमले बताउनुभयो । कार्यक्रमस्थल तथा व्यवस्थापन उपसमितिका संयोजक मोहन सुब्बाले सो क्षेत्रमा हिन्दूहरूको शिवालय, प्रकृति पूजक मगर र चौधरीलगायत विभिन्न जातजातिका धार्मिकस्थल रहेको जानकारी दिनुभयो ।

यो पनि – प्रदेश प्रमुख शर्माद्वारा ‘मकवानपुरमा मिडिया’ पुस्तकको विमोचन

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले ‘मकवानपुरमा मिडिया’ नामक पुस्तकको आज यहाँ विमोचन गर्नुभयो । हेटौँडा उपमहानगरपालिका–५ निवासी पत्रकार गिरिजा अधिकारीद्वारा लिखित सो पुस्तकको राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर काठमाडौँले प्रकाशन गरेको हो ।

सो अवसरमा प्रदेश प्रमुख शर्माले पत्रकारिता जगत देश र जनताप्रति जवाफदेही बन्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि उठेर प्रेस स्वतन्त्रताका लागि पत्रकारहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई पनि त्यागेर प्रजातन्त्रको संवद्र्धन र राष्ट्रियताको जगेर्ना गर्न पत्रकारिता क्षेत्रको विश्वसनीयतालाई जनतासामु पु¥याउन आग्रह गर्नुभयो । उहाँले पत्रकारिता राजनीतिक दलको छायाँ बन्न नहुने र जनप्रतिनिधि तथा सरकारका उच्चपदस्थ अधिकृतहरूले गरेका अनियमित कार्यका लागि सत्यतथ्य समाचार सार्वजनिक गर्न पत्रकारमा दृढता हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश प्रमुख शर्माले प्रजातन्त्रमा प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नयाँ पुस्ता पत्रकारिता क्षेत्रको विकासका लागि अग्रसर रहनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्न अभिप्रेरित गर्दै आएको उल्लेख गर्दै लोककल्याणकारी विज्ञापन समानुपातिक ढङ्गबाट सबैलाई वितरण गर्ने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।

प्रदेशसभा सदस्य मुनु सिग्देलले मुलुकको आर्थिक समृद्धिका लागि नेपाली पत्रकारिता क्षेत्रले निश्पक्ष भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सो पुस्तकका समीक्षक पत्रकार रामचन्द्र आचार्य, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल र राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर काठमाडौँका अध्यक्ष नवराज न्यौपानेले पत्रकारिता क्षेत्रको माध्यमबाट मुलुकमा देखिएको भ्रष्टाचार, विसङ्गति र हिंसालाई न्यूनीकरण गर्न यो पुस्तक फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
–––