‘पार्टी र सरकारमा महिला सहभागिता राम्रो हुँदै गएको छ’

‘पार्टी र सरकारमा महिला सहभागिता राम्रो हुँदै गएको छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारका दुई महिला मन्त्रीले अहिले पार्टी र सरकारमा महिला सहभागिता राम्रो हुँदै गएको बताएका छन् । महिला सुरक्षा दबाब समूहले आज महिला मन्त्रीहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अझै पनि समावेशी सहभागिताका लागि धेरै गर्न बाँकी रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले पार्टीभित्र आन्तरिक सङ्घर्षबाट नेकपा माओवादी (केन्द्र)को विधानमा केन्द्रीय कमिटिमा ३७ प्रतिशत सुनिश्चित गरिएको बताउनुभयो । पदाधिकारीमा पनि महिला सहभागिता सुनिश्चित गर्न आवाज उठाइरहेको उहाँले बताउनुभयो । मन्त्रीपरिषद्मा रहेका सबै महिला मन्त्री महिला अधिकारका लागि आवाज उठाउन लागिपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अधिकार पाउनका लागि हामी सबैले आआफ्नो पार्टीमा सङ्घर्ष गर्नुपर्छ ।”

आफ्नो पार्टीले विगतमा भन्दा सरकार र संसदीय समितिमा महिला नेतृत्वलाई जिम्मेवारी दिन थालेको मन्त्री श्रेष्ठले बताउनुभयो । अहिले सरकारमा महिला सहभागीता बढ्नु आन्दोलनको बलले भएको उहाँको भनाइ छ । आफू समूहको स्थापना कालदेखि नै जोडिएपनि पहिले अभियानका रुपमा रहेकामा यसलाई संस्थाका रुपमा दर्ता गर्दा आफू सहमत नभएको उहाँले बताउनुभयो ।

मन्त्री झाँक्रीले प्रविधिको विकाससँगै महिला सुरक्षामा नयाँनयाँ जोखिम बढीरहेकाले यो विषय महत्वपूर्ण भएको बताउनुभयो । इन्टरनेटको प्रयोग गरेर हुने हिंसा समाजमा चुनौतीका रुपमा देखा परेको उहाँको भनाइ छ । सन्तानलाई सानैदेखि नै समान रुपमा हुर्काउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “छोरीलाई हिंसा सहनु हुँदैन भनेर र छोरालाई हिंसा गर्नु हुँदैन भनेर हुर्काउनुपर्छ ।”

यो पनि –  कांग्रेसभित्र आम एकताको खाँचो छ ः नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्र आम एकताको खाँचो रहेको बताउनुभएको छ । आज यहाँ आयोजना गरिएको कार्यक्रममा नेता सिटौलाले राजनीतिलाई ईमान्दारिताको वाटोमा लैजान पार्टीभित्र आम एकताको खाँचो रहेको बताउनुभएको हो ।

“पार्टीभित्र आम एकता आवश्यक छ, आम जनतालाई कांग्रेससँग गाँस्न सक्नुपर्छ, कांग्रेसलाई व्यक्ति केन्द्रीत होइन पार्टी केन्द्रीत गराएर अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । राजनीति आफ्ना लागि होइन जनताका लागि हो भन्ने विश्वास दिलाउनुपर्ने उहाँको भनाइ थियो । नेता सिटौलाले आफूसँग जोडिएका व्यक्तिलाई १४औँ महाधिवेशनमा स्थापित गराएर छाड्ने बताउनुभएको छ । “अभाव, सङ्कट र दुःखमा साथ दिने साथीहरुका लागि उचित सम्मानका लागि मैले पहल गर्नेछु”, उहाँले भन्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवम् खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले पार्टीभित्रका गलत प्रवृत्तिको अन्त्य गर्दै पार्टीलाई थप बलियो र मजबुद बनाउनका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल, शिवप्रसाद हुमागाईँलगायतले समयसापेक्ष विचार अगाडि बढाउन सकेमात्र कांग्रेस अगाडि बढ्न सक्ने बताउनुभयो । उहाँहरुले पार्टीको १४औँ महाधिवेशनमा पार्टीलाई शक्तिशाली बनाएर अगाडि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभएको थियो । प्रदेश १ का नवनिर्वाचित सभापति उद्धव थापाले पार्टीको १४औँ महाधिवेशनले कांग्रेसलाई थप बलियो बनाउने उल्लेख गर्नुभयो ।