ह.त्या घटनाको सत्यतथ्य छानबिन गर्न युवासङ्घको माग

ह.त्या घटनाको सत्यतथ्य छानबिन गर्न युवासङ्घको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षीय राजन (राजु) श्रेष्ठको ह.त्या घटनालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन युवासङ्घ नेपालले माग गरेको छ ।  युवासङ्घ नेपाल भक्तपुर जिल्लाले आज मध्यपुरथिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलले विभत्स ह.त्याको अनुसन्धानलाई प्रहरीले औपचारिकता मात्रै दिन खोजे आन्दोलन चर्काउने बताउनुभयो । “घटनामा अरु को–को संलग्न छन् त्यसको तथ्यरूपमा छानबिन गरी बाहिर ल्याउनुपर्छ”, अध्यक्ष पौडेलले बताउनुभयो ।

युवासङ्घका जिल्ला कमिटी सदस्यसमेत रहेका श्रेष्ठको मङ्सिर २१ गते राति आफ्नै साथी सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ घर भई बालकोट बस्ने मजदुर ३० वर्षीय प्रेम विश्वकर्माले कु.टपिट गरी ह.त्या गरेको अभियोगमा दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पत्रकार सम्मेलनपछि युवासङ्घले ह.त्यारालाई कारबाहीको माग गर्दै मध्यपुरथिमि अरनिको राजमार्ग शङ्खधर चोकमा प्रदर्शन गरेर चक्काजामसमेत गरेको छ ।

यो पनि – हिं.सा र विभेदविरुद्ध सांस्कृतिक अभियान आवश्यक

सांसदहरूले सबै प्रकारका हिं.सा र विभेदवि.रुद्ध सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । तीसौँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान र ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा जागरण मिडिया सेन्टरले यहाँ आज आयोजना गरेको ‘महिला हिंसाको नीतिगत अवस्था र सांसदको भूमिका’ विषयक अन्तक्र्रियामा सांसदहरूले समाजमा व्याप्त सबै हिंसा र विभेदलाई प्रश्रय दिने संस्कृति र राजनीतिक प्रणाली नै परिवर्तन गर्नपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाका सदस्य खिमकुमार विकले महिला हिं.साको विषय ऐन÷कानुन र संविधानमा लेखेरमात्रै समाधान नहुने उल्लेख गर्दै व्यवहारिकरूपमै अन्त्य गर्नका लागि सचेतनामूलक अभियान नै सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महिला हिंसामात्रै होइन, समाजमा जरा गाडेर बसेका सबै प्रकारका हिंसा अन्त्य गर्न कानुन कार्यान्वयनसँगै चेतना बढाउनुपर्छ, सांस्कृतिक क्रान्ति चाहिन्छ ।”

बागमती प्रदेशसभा सदस्य मैना अछामीले महिला हिं.सा अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय तहले जिम्मेवारीका साथ कानुनको प्रभावकारी कार्यान्वयनसँगै कानुनबारे सचेतना जगाउनुपर्ने धारणा राख्नुभयो । संविधानसभाका सदस्य मीना पुनले सङ्घीय र प्रदेश सांसद जनताका साझा समस्याभन्दा पनि व्यक्तिगत र पार्टीगत स्वार्थमा केन्द्रित हुँदा महिला हिंसा र विभेद कायमै रहेको बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त यशोदा तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गर्दै अहिले पनि ४८ प्रतिशत महिला कुनै न कुनै हिंसामा पर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँका अनुसार महिला हिं.साबारे अनभिज्ञता प्रकट गर्ने महिलाको सङ्ख्या ६१ प्रतिशत छ । संविधानसभाका सदस्य तथा जागरणका अध्यक्ष कमला विश्वकर्माले महिला हिंसा अन्त्यबारे छलफलमा उठेका सवाललाई लिपिबद्ध गरी कानुन निर्माण गरिने जानकारी दिनुभयो ।

यही मङ्सिर ९ गतेदेखि लैङ्गिक हिं.साविरुद्धको १६ दिने अभियान विश्वभर सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन हुँदै आएको छ । नेपाल सरकारले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने निर्णयसमेत गरेको छ । दिवसको राष्ट्रिय नारा ‘घरैदेखि सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ रहेको छ ।