पछिल्लो २४ घण्टामा थप २११ मा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा थप २११ मा कोरोना सङ्क्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देशभर पछिल्लो २४ घण्टामा थप २११ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा नौ हजार ४५१ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ५५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ७०१ पुगेको छ । पछिल्लो समय थप ३२९ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार ९०० पुगेको छ । निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट दुईको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४९ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी, पछिल्लो समय तीन लाख ३७ हजार १७२ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार १२५ छ । हाल होम आइसोलेसनमा पाँच हजार ८३३, संस्थागत आइसोलेसनमा २७२, सघन उपचार कक्षमा १२१ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ ।

यो पनि – प्रदेश १ मा ११ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा प्रदेश नं १ को तीन जिल्लामा मात्र कोरोना सङ्क्रमित देखिएका छन् । सङ्क्रमण दर पनि अत्यन्त न्यून रहेको पाइएको छ । सुनसरीमा पाँच, मोरङमा तीन, झापामा दुई र प्रदेश बाहिर एक गरी कूल ११ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३४६ को पीसीआर र १२१ जनाको एन्टिजेन परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित देखिएको हो । प्रदेशमा आजै ११ महिलासहित २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक पुरुष र एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।