नाडाको अध्यक्षमा थापा

नाडाको अध्यक्षमा थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा विजयी हुनुभएको छ । करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रमुख निर्वाचन अधिकृत एवं अधिवक्ता बालकृष्ण ढकालका अनुसार थापाले कूल एक हजार ४१३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी चौधरीले एक हजार ३४७ मत प्राप्त गर्नुभएको थियो ।

कूल १७ सदस्यीय कार्यसमितिमा अनुपकुमार बराल एक हजार ४६३, मिलनबाबु मल्ल एक हजार ४६५, राजनबाबु श्रेष्ठ एक हजार ४५७, सुरेन्द्रकुमार उप्रेती एक हजार ४३२, सुनिल रिजाल एक हजार ४०२, अभिक ज्योति एक हजार ३८३, प्रकाश कपुरी एक हजार ३७९, विक्रम सिङ्घानियाले एक हजार ३७१ र गोपाल भट्टराईले एक हजार ३६५ मत ल्याएर विजयी हुनुभएको छ ।

त्यस्तै, नीलमणि पाठक एक हजार ३५४, वरदान बस्नेत एक हजार ३५० र पङ्कज अग्रवालले एक हजार ३३४, निराकर श्रेष्ठ एक हजार ३६४, यमुना श्रेष्ठ एक हजार ३५५, कपिल शिवाकोटी एक हजार ३४८, प्रदीपमान प्रधान एक हजार ३४६ र आकाश गोल्छा एक हजार ३३९ मत ल्याएर विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत ढकालले जानकारी दिनुभयो ।

यो पनि – अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला सञ्चालनमा

चौतारा अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको शय्यामै पाइपलाइनबाट अक्सिजन पु¥याइएको छ । प्लान्टले प्रतिघण्टा ८५ देखि ९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट डा करुणा बज्राचाार्यले बताउनुभयो ।उहाँका अनुसार उत्पादित अक्सिजन पाइपलाइनबाट अस्पतालको कोभिड वार्ड, इर्मर्जेन्सी र अन्य वार्डमा रहेका शय्यामा पु¥याइएको छ । अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन लिनका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ । “हामीले चौतारा अस्पतालबाट बिरामीहरुलाई सम्पूर्ण सेवा सुविधा दिने गरी काम गरिरहेका छौँ”, अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष ईश्वरीप्रसाद श्रेष्ठले भन्न्ुाभयोे, “अस्पतालको भवन नहुँदासमेत नगरपालिकाले दिएको फिल्ड ट्रेनिङ सेन्टरलाई आइसोलेसन वार्ड र पिसिआर ल्याब स्थापना गरी बिरामीको उपचार गरेका थियौँ ।” चीन सरकारको सहयोगमा तत्काल चौतारा अस्पतालको भवन निर्माण गरिने उहाँले बताउनुभयो ।

त्यस्तै, जिल्ला अस्पताल चौताराबाट कोभिड–१९ को पिसिआर परीक्षण सुरु भएको छ । वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै सिन्धुपाल्चोकमै कोरोना भाइरस परीक्षण सुरु भएको हो । चौतारा अस्पतालमा पिसिआर मेसिन जडान गरी पिसिआर प्रयोगशाला ल्याब सञ्चालनमा ल्याइएको छ । बिहीबार वाग्मती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीसहित तीनजनाको प्राविधिक टोलीले पिसिआर मेसिन जडान गरेर नमूना परीक्षण गरेका थिए ।

प्रयोगशालामा १० जनाको स्वाब परीक्षण गर्दा परीक्षण सफल भएको निर्देशक कार्कीले जानकारी दिनुभयो । कोभिड– १९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि पाँचजना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको चौतारा अस्पतालले जनाएको छ । यसअघि कोरोना आशङ्का गरिएका बिरामीको स्वाब धुलिखेल वा काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो । जिल्लामै पिसिआर मेसिन भएपछि अब पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।

करदाता शिक्षा तथा सम्मान कार्यक्रम

करसम्बन्धी आवश्यक जानकारी गराउने उद्देश्यले मेलम्ची नगरपालिकाद्वारा आयोजित ‘करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम’ यहाँ सम्पन्न भएको छ ।सो अवसरमा वन तथा वातावरण मन्त्रालयका उपसचिव उमेशराज रिमालले मुलुकको विकास तथा समृद्धिका लागि करको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै कर शिक्षा, करको दायरा, नीति, छुटको व्यवस्था, व्यवसाय करलगायत विषयमा जानकारी गराउनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहायक अधिकृत रघुनाथ पराजुलीले कारोबारको लेखा कसरी राख्ने, बिल, बीजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने, विवरण तथा कर दाखिला कहिले र कहाँ गर्ने लगायत विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले नगरपालिकाले उठाउने व्यवसाय, घर बहाल र सम्पत्ति करलगायतका विषयमा सहभागीले उठाएका प्रश्नको जवाफ दिनुभयो ।

कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा जनसङ्ख्याका आधारमा राजस्व सङ्कलन गर्ने उत्कृष्ट वडा कार्यालय र सचिवलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा वडा नं १२ का सचिव कलाधर ढकाल, १ का ईश्वरी तिमल्सिना, ११ का मधुविलास देवकोटा, १० का अर्जुनबहादुर अधिकारी र वडा नं २ का प्रेमलाल मल्ल रहेका छन् ।

त्यस्तै, कार्यक्रममा सबैभन्दा पहिला कर तिर्ने, मालपोत तथा राजस्व कर सबैभन्दा बढी बुझाउने र व्यवसाय कर सबैभन्दा बढी तिर्ने व्यवसायी तथा व्यापारीलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको राजस्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले आफ्नो व्यवसाय गरेबापतको कर तिर्न व्यवसायीहरुलाई आह्वान गर्नुभयो ।