विदेशबाट फर्केका युवा कुखुरापालनमा

विदेशबाट फर्केका युवा कुखुरापालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुक्लाफाँटा नगरपालिका–३ का २५ वर्षीय जयराम चौधरी गतिलो कमाईका लागि दुई पटक विदेश पुग्नुभयो । पाँच वर्ष विदेश बसे पनि उहाँले मनग्य पैसा आर्जन गर्न सक्नुभएन् । विदेशबाट कमाएको पैसाले घरमै व्यवसाय गर्ने चौधरीको ठूलो धोको थियो । तर थोरै पैसा मात्रै बचत गर्न सकेपछि उहाँले व्यवसाय गर्न ऋण काढ्नतर्फ लाग्नुभयो । ऋण नपाएपछि चौधरी कतार उड्नुभयो ।

कतार पुगेपछि कोराना महामारी फैलियो । “निषेधाज्ञाका कारण खासै कमाइ भएन,” उहाँले भन्नुभयो, “घर फर्किए पनि कोरोनाकै त्रास थियो । त्रासमै बस्नुपर्ने अवस्था आयो ।” विदेशबाट कमाएको रु तीन लाखले चौधरीले कुखुरापालनको सुरुआत गर्नुभयो । दुईवटा फार्म बनाएर उहाँले कुखुरापालन गर्न थाल्नुभयो । “फार्म, दानापानी र औषधोपचारमा धेरै खर्च हुन थाल्यो । विदेशबाट दुःख गरेर ल्याएको पैसा सिद्धिएर घाटा हुने हो कि भन्ने चिन्ता भयो,” उहाँले भन्नुभयो, “तर पहिलो लट्मै रु पाँच लाखको कुखुरा बिक्री भयो ।”

फार्म निर्माण, दानापानी र औषधोपचारमा लागेको खर्च कटाएर रु एक लाख ५० हजार नाफा भएको चौधरीले बताउनुभयो । दुई फार्ममा उहाँले सात हजार कुखुरा पाल्दै आउनुभएको छ । हालसम्म चौधरीले रु २० लाख नाफा आर्जन गर्नुभएको छ । “विदेशमा जति परिश्रम गरे पनि महिनाको रु ३५ हजार रकम मात्रै मासिक रुपमा हात पथ्र्याे । यहाँ विदेशको भन्दा चार गुणा बढी आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । विदेशमा भन्दा घरमै गतिलो आम्दानी हुन थालेपछि चौधरी खुशी हुनुहुन्छ ।

यो पनि – निःशुल्क परिवार नियोजन शिविरबाट १२४ लाभान्वित

परिवार नियोजनका सेवा गाउँघरमै दिने उद्देश्यले स्वास्थ्य कार्यालय बैतडीले यहाँका विभिन्न स्थानीय तहमा निःशुल्क ‘परिवार नियोजन शिविर’ सम्पन्न गरेको छ । मङ्सिर ५ गतेदेखि सुरु भएको शिविर जिल्लाका आठ स्थानीय तहका विभिन्न स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो । शिविरबाट १२४ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ३७ पुरुषले भ्यासेक्टोमी (पुरुष बन्ध्याकरण) गराएका छन् भने ४९ महिलाले मिनिल्याप (महिला बन्ध्याकरण) गराएका छन् ।

यस्तै, परिवार नियोजनका अस्थायी साधन इम्प्लान्ट र आयुसिडी ३८ जनाले राखेका छन् । जिल्लामा परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गर्ने पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको जनाइएको छ ।

पुर्चौडी नगरपालिकाको हाट स्वास्थ्य चौकीबाट मङ्सिर ५ गतेबाट सुरु भएको भएको सो शिविर मङ्सिर २३ गते डिलासैनी गाउँपालिकाको सिमार स्वास्थ्य चौकीमा समापन भएको हो । सन्तानको रहर पुगिसकेकालाई गाउँमै सेवा दिने उद्देश्यले स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा र सुनौलो परिवार नेपाल (मेरी स्टोप्स इन्टरनेसनल) को प्राविधिक सहयोगमा शिविर सञ्चालनमा गरिएको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

यसैबीच, मानसिक स्वास्थ्य शिविरबाट ५२ जनाले सेवा लिएका छन् । स्वास्थ्य कार्यालयको आयोजनामा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा ५२ जनाले सेवा लिएका हुन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी भट्टका अनुसार विशेषज्ञहरुले सेवा प्रदान गरेका उक्त शिविरबाट २७ महिला र २५ पुरुषले शिविरमा सेवा लिएका हुन् ।

मानसिक स्वास्थ्यको विषय ओझेलमा परेकाले मानसिक स्वास्थ्यको विषय पनि आधारभूत स्वास्थ्यकै विषय हो भन्ने कुरा जागृत गराउन शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य कार्यक्रम नहुँदा विभिन्न खालका समस्याहरु बल्झिरहने भएकाले स्वास्थ्य कार्यालयले गत वर्षदेखि मानसिक स्वास्थ्यका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

अहिले सेवा लिएका नागरिक र अन्यहरुका लागि फेरि दोस्रो चरणमा पनि शिविर सञ्चालन गरिने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई उनीहरुकै घर नजिकै सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको बताइएको छ ।