‘उपप्रमुख सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा

‘उपप्रमुख सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलालीको गोदावरी नगरपालिकाले सुत्केरीको पोषण सुधारका लागि ‘उपप्रमुख सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । संस्थागत प्रसूति सेवालाई थप प्रोत्साहन गरी मातृ तथा शिशु मृत्यु कम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका उपप्रमुख रत्ना कडायतले बताउनुभयो । सुत्केरीमा पोषणको उपलब्धता तथा मातृशिशु मृत्युदर कम गर्नाका साथै सुरक्षित मातृत्वका लागि पोषण र सरसफाइ सचेतना अभिवृद्धि गर्न नगरपालिकाले यस वर्षदेखि यो कार्यक्रम सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत प्रत्येक वडामा सुत्केरी भएकालाई अण्डा, घीउलगायत पोषणयुक्त खानेकुरा वितरण सुरु गरिएको छ । सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सो कार्यक्रम सञ्चानल गरिएको उपप्रमुख कडायतले जानकारी दिनभयो ।

गोदावरी नगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य क्लिनिकअन्तर्गत बर्थिङ्ग सेन्टरबाट सुत्केरी गराएकालाई उपप्रमुख सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रमअन्तर्गत पोषणयुक्त खानेकुरा वितरण भइरहेको उहाँको भनाइ छ । यो कार्यक्रमले आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नगरपालिकाको छ ।

यो पनि – मिर्गौला पीडितलाई रु दुई लाख सहयोग

तनहुँ समाज हङकङले दुवै मिर्गाैला पीडित तनहुँको व्यास नगरपालिका–९ भोटेनीका मीनबहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ । दुवै मिर्गाैला फेल भई उपचारका क्रममा रहनुभएका गुरुङलाई समाजका तर्फबाट रु दुई लाख ३० हजार ६१२ आर्थिक सहयोग गरिएको हो ।

उक्त सहयोग समाजका पूर्वअध्यक्ष भीमराज गुरुङ र निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले पीडित गुरुङलाई हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरण गर्दै समाजका पूर्वअध्यक्ष गुरुङले सामाजिक काम गर्दै आएको समाजले आफ्नो क्षमताले भेटेसम्म विभिन्न रोगबाट पीडित भई उपचारमा रहेका बिरामीहरुलाई सहयोग गर्ने बताउनुभयो । निवर्तमान अध्यक्ष थापाले तनहुँ समाज हङकङले जहिले पनि दीनदुखीको दुःखमा साथ दिँदै आएको बताउनुभयो ।

यसअघि पनि समाजले तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ घर भएका दुईजना मिर्गौला पीडितलाई रु चार लाख ५७ हजार आर्थिक सहयोग गरेको थियो । दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका ४१ वर्षीय लुमबहादुर रिमालीलाई रु एक लाख ८२ हजार आठ सय र ३६ वर्षीय नेपालीलाई रु दुई लाख ७४ हजार दुई सय सहयोग गरिएको थियो ।

समाजले तनहुँमा विगत दश वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले कोभिड महामारीको बेला दसवटै स्थानीय तहमा रु १५÷१५ हजार सहयोग गरेको थियो । साथै, गत असारमा आएको पहिराबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले रु दुई लाख ४४ हजार सहयोग गरेको थियो । समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ ।

विसं २०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको ब्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौलीस्थित गण्डकी विकास बैंकमा स्थापित अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ । समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने साथै क्यामिनको छापथोक, भीमाद लगायतका स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ ।

समाजमा चार सय जना तनहँुवासी आबद्ध छन् । समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ ।