गरिखाने खेत बगर बन्दा…

गरिखाने खेत बगर बन्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २४ मङ्सिर (रासस) : गत महिना आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर गाउँ पूरै डुबानमा प¥यो । महाकाली र जोगबुढा नदी उर्लिदा रातारात प्रहरी प्रशासनले स्थानीयको उद्धार गरे ।  सिङ्गो गाउँ बाढीका कारण विस्थापित बन्यो । अहिले अवस्था सामान्य बन्दै गए पनि कुतियाकवर गाउँ बगरमा परिणत हुँदा स्थानीयवासी चिन्तित छन् । “भारतसित सीमा जोडिएको कुतियाकवरमा ४२ परिवार छन् ।” दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष नरबहादुर सुनारले भन्नुभयो, “ती सबै परिवारको कमाइखाने खेत बालुवाले पुरिएको छ ।”

बस्तीको खेतीयोग्य जमिन बालुवाले पुरिँदा किसान खेतबारी लगाउन नसक्ने अवस्थामा पुगेका वडाध्यक्ष सुनारको भनाइ छ । उहाँले बाढीका बेला महाकाली नदीले बगाएर ल्याएका रुख, दाउरा पनि गाउँमा थुपारिएको बताउनुभयो । “महाकाली र जोगबुढाको दोसाध हुनाले कुतियाकवरमा बढी क्षति भयो ।” सुनारले भन्नुभयो, “बाढीका बेला मेरो वडामा मात्रै ९०० परिवार प्रभावित बनेका थिए ।” उहाँले खेतमा थुपरिएको बालुवा हटाउन नगरपालिकाले समन्वय गर्ने बताउनुभयो ।

बाढीपीडितलाई तत्कालको राहतस्वरुप नगरपालिका र दातृ निकायबाट खाद्य सामग्री वितरण गरिएको उहाँको भनाइ छ । दोधारा चाँदनीकै भौगोलिकरुपले विकट मानिने कुतियाकवरका स्थानीय खेतीपाती र भारतीय सीमावर्ती बजारमा ज्याला मजदूरी गरेर जिविका चलाउँदै आएका छन् । स्थानीयवासीले सरकारले उपलब्ध गराउने भनेको राहत अझै पाउन नसेकोप्रति दुखेसो पोखेका छन् ।

“राहत आउँदै गथ्र्यो, बरु डोजर पठाएर खेतको बालुवा हटाइ दिए हुन्थ्यो ।” स्थानीय टेकबहादुर सुनारले भन्नुभयो, “गरिखाने खेतमा बालुवा भरियो, अब कसरी जीविका चलाउने ? ।” उहाँले बालुवा हटाउन स्थानीय पालिकालाई आग्रह गरे पनि सुनुवाइ नभएको बताउनुभयो । अन्नबाली बाढीले बगाउँदा स्थानीयलाई छाक टार्न समस्या भएको सुनारको भनाइ छ । त्यसैगरी अर्का स्थानीय सुष्मा सुनारले हरेक वर्ष जोगबुढा नदीले समस्या दिने गरेको दुखेसो पोख्नुभयो । “बर्सातमा गाउँका झुपडी सुरक्षित रहँदैनन् ।” उहाँले भन्नुभयो, “गरिब त्यहीमाथि दलितको बस्तीलाई कसैले वास्ता गरेनन् ।” दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले बाढीका बेला तत्काल खाद्यान्नलगायतका राहत वितरण गरिएको बताउनुभयो । “विभिन्न सङ्घ÷संस्थाले पीडितलाई त्यो बेला सहयोग गरे ।” उहाँले भन्नुभयो, “पीडितको लगत सङ्कलन गरेर केन्द्रमा पठाएका छौँ, सरकारले सहयोग गर्ने आश्वासन दिएको छ ।”

यो पनि – बेलायतबाट फर्केर उद्यममा रमाउँदै गलकोटका भण्डारी

लगानीको अभावमा विदेश पुगेका नेपाली विदेशबाट फर्केर उद्यममा जोडिनेको लहर नै छ । नेपालमा लगानी जुटाउन नसकेका युवा विदेशमा गएर केही अर्थ उपार्जन गरेपछि भने नेपालमा फर्केर लगानी गर्न थाल्नुभएको छ ।लामो समय बेलायतमा बस्नुभएका गलकोट नगरपालिका–३ हटियाका नरबहादुर भण्डारीले विगत ९ वर्षदेखि गलकोटमा आफ्नै उद्यम थाल्नुभएको छ । उहाँले गलकोट नगरपालिका–३ सिमखेतमा साढे पाँच रोपनी जग्गामा व्यावसायिक तरकारी खेती, पुष्प खेती, रेष्टुराँ र पार्टी प्यालेस व्यवसाय गर्दै आउनुभएको छ । सिमखेतमा उहाँले २०६९ सालदेखि कृषि पेसा थाल्नुभएको हो । पछि उहाँले रेष्टुराँ र पार्टी प्यालेस पनि सञ्चालन गर्नुभयो । सुरुआतमा भण्डारी रोजगारीका लागि भारत जानुभयो । डेढ दशक भारतमा बिताउनुभएका उहाँ त्यहीँबाट केन्या पुग्नुभयो । केन्यामा ११ वर्ष काम गर्नुभएका भण्डारी पुनः बेलायत फर्किनुभयो ।

तीन दशकको वैदेशिक यात्रा टुङ्ग्याएर भण्डारीले गाउँमै उद्यम थाल्नुभएको छ । उहाँले रु दुई करोड ५० लाखको लगानी गरिसक्नुभएको छ । श्रीमती लोक कुमारी, छोरा भगवान र बुहारी राधिकाको सहयोगमा भण्डारीले विभिन्न उद्यम गर्दै आउनुभएको छ । उहाँले तीन जनालाई रोजगारी प्रदान गर्नुभएको छ । भण्डारीले थप तरकारी खेतीका लागि तीन रोपनी जग्गा भाडामा लिनुभएको छ ।

“पुष्प खेती गरेको छु, रेष्टुराँ र पार्टी प्यालेसलाई चाहिने सामग्री आफँै उत्पादन गर्छु”, उहाँले भन्नुभयो । वैदेशिक यात्राका क्रममा निकै दुःख भोग्नु परे पनि स्वदेशमा फर्केर परिवारसँग रमाउन पाउँदा आनन्द महसुस भइरहेको भण्डारी बताउनुहुन्छ ।