मर्यादित महिनावारीलाई अभियानका रुपमा सञ्चालन गर्न आग्रह

मर्यादित महिनावारीलाई अभियानका रुपमा सञ्चालन गर्न आग्रह

13
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘मर्यादित जीवन, स्वच्छ महिनावारी’ का सवाललाई सचेतना अभियानका रुपमा सञ्चालन गर्ने ध्येयले निर्मित वृत्तचित्रको आज कानून निर्माता, कार्यान्वयनकर्ता र अधिकारकर्मीका बीच प्रदर्शनी गरिएको छ । ग्लोबल एक्सन नेपाल र ‘डिग्निटी विथआउट ड्याञ्जर’को सहकार्यमा संयुक्त राज्य अमेरिकाको पिचवर्ग विश्वविद्यालय र बेलायतको जोन मोर विश्वविद्यालयको सहयोगमा निर्मित सो ३७ मिनेटको वृत्तचित्रमा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लामा देखिने विभेदपूर्ण छाउपडी प्रथाका कथाव्यथालाई प्रस्तुत गरिएको छ । निर्मला भट्ट निर्देशित वृत्तचित्रमा ११ जना महिलाले पात्र र प्रवृत्तिलाई प्रस्तुत गर्दै विगतको कुसंस्कारका रुपमा रहेको छाउपडी र त्यसमा आएको सचेतना तथा सुधारका पक्षलाई उजागार गरिएको छ ।

उक्त वृत्तचित्रलाई प्राप्त सुझावका आधारमा परिमार्जन गरी राष्ट्रव्यापीरुपमा सम्प्रेषण गरिने ग्लोबल एक्सन नेपालका कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले माध्यमिक तहका पाठ्यक्रममा मर्यादित महिनावारीबारे उल्लेख भए पनि शिक्षकलाई थप सहजीकरण आवश्यक भएको बताउनुभयो ।

वृत्तचित्र अवलोकनपछि सांसद नरबहादुर धाँमी, वाग्मती प्रदेशसभा सदस्य माधव पौडेल, जीवन खड्का, प्रदेश नं १ का सभासदस्य उत्तम बस्नेत र बुद्धीकुमार रायमाझी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्साल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि डा शालिकराम धिताल, कञ्चनपुरको वेद नगरपालिका–५ का वडाध्यक्ष गजेन्द्र विकलगायतले मर्यादित महिनावारीलाई अभियानका रुपमा सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँहरुले विकास साझेदारले सहयोग गरेमा मात्रै चेतनामूलक कार्य हुने स्थितिको अन्त्य गरी यसलाई जीवनपद्धतिकै रुपमा अँगाल्न आग्रह गर्नुभयो ।

यो पनि – अत्यधिक चिसोले घरभित्रै नाकाबन्दीः जनजीवन अस्तव्यस्त

जाजरकोट, २४ मङ्सिर (रासस)ः चारैतिर सेताम्य हिमाल, बीचमा सम्म परेका हिउँमय फाँटहरु ! देख्दा आहा लागे पनि त्यो क्षणभरिमै पीडाका रुपमा रुपान्तरण हुने गर्दछ । घुम्नका लागि रमाइलो र मनोरम दृश्यका लागि सबैको रोजाइमा पर्ने भएपनि बर्सेनि उपल्लो डोल्पामा बसिरहेका सर्वसाधारणको पीडा थपिँदै गएको छ ।

असमान आर्थिक बाँडफाँड प्रणालीका कारण उपल्लो डोल्पामा राज्यको अनुभूति गराउन नसकेको स्थानीयवासीको गुनासो छ । मध्यपहाड र तराई क्षेत्रमा तीन प्रकारको मौसम पाइए पनि उपल्लो डोल्पामा सधैँ एकै नासको हुने गर्दछ । झन्डै चार महिना हिउँले ढाकेको अवस्थामा रहने उपल्लो डोल्पा बाँकी दिनमा समेत चिसो मौसमकै रुपमा आफ्नो परिचय बनाउँदै आएको छ ।

“पशुचौपायालाई उवाको जम्मा गरिराखेको पराल खुवाउने र सर्वसाधारण घरभित्र थुनिएर बस्नुपर्ने बाध्यता छ”, डोल्पोबुद्ध गाउँपालिका–१ धो मा बस्दै आएका पेमा गुरुङले भन्नुभयो, “छिमेकी गाउँहरुमा जान सक्ने अवस्था छैन, हिउँले बाटो बन्द गरेको छ । भारी हिमपातले बाटोको निसाना नै पुरिदिएकाले अन्य ठाउँमा जाने सम्भावना देखिँदैन । यहाँका सर्वसाधारण बिरामी भएमा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने अवस्था छ ।”

चिसोका कारण उपल्लो डोल्पाका सातवटा प्रहरी चौकीसमेत सदरमुकाम दुनै सारिएको छ । चिसोसँग मुकाबिला गर्नका लागि आवश्यक सामग्री व्यवस्थापन नहुँदा प्रहरी चौकी दुनै सारिएको हो । उपल्लो डोल्पा अहिले सुरक्षाविहीन अवस्थामा रहेको पेमाले बताउनुभयोे । “हुने खानेहरु सदरमुकाम दुनैसहित देशका विभिन्न ठाउँमा झरिसकेका छन्, गरिबहरु मात्र हिउँको खालमा बस्न बाध्य भएका छन् ।”

गर्भवती, सुत्केरी र बालबालिकालाई चिसोले भारी समस्या बनाउने गरेको छ । सञ्चार सम्पर्कसमेत मुस्किलले हुने उपल्लो डोल्पामा बिरामी भएको समयमा उपचार पाउन मुस्किल छ । हिमपातकै कारण उपल्लो डोल्पामा चार महिना नियमित लगाउने खोप सेवासमेत बन्द हुने गरेको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमख सिंहराज शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँले बाटो बन्द छ, हेलिकोप्टरमा खोप लिन सक्ने हाम्रो क्षमता छैन । कम्तीमा चार महिना त पूरै खोप बन्द हुने गर्दछ ।” चिसो मौसममा पुग्ने गरी खाना जम्मा गरेर यहाँका स्थानीयवासी राख्ने गर्दछ । उपल्लो डोल्पामा सञ्चालनमा रहेका सरकारी कार्यालय र स्थानीय तहका कर्मचारीसमेत दुनै झरेर चिसो मौसम कटाएर उपल्लो डोल्पा जाने गरेका छन् ।

उपल्लो डोल्पाका तीन पालिकालाई छुट्टै क्षेत्र बनाएर राज्यले सेवासुविधा दिनुपर्ने त्यहाँका नागरिकले केही दिनअघि डोल्पा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग माग गरेका थिए । त्यो वेला अध्यक्ष प्रचण्डले यसमा आफूले गर्ने आश्वासन दिनुभएको थियो ।

उपल्लो डोल्पा सधैँ चिसो र हिउँले सेताम्य हुन्छ । मध्य डोल्पामा मध्य खालको मौसम हुनेगर्दछ भने तल्लो डोल्पाको मौसम जाजरकोटसँग मिल्दोजुल्दो रहेको छ । यहाँको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा समेत चिसो मौसममा वन्यजन्तुको सुरक्षा गर्न मुस्किल हुँदै आएको छ । उपल्लो डोल्पामा रहेका सुरक्षा पोष्टहरुसमेत चिसोले प्रभावित हुने गरेका छन् । सुरक्षाका कारण देखाउँदै सुलिगाडमा झारिएको कार्यालय अहिलेसम्म उपल्लो डोल्पामा सार्न नसकिएको निकुञ्जले जनाएको छ ।

चिसो मौसमका कारण स्वास्थ्य संस्थासम्म बिरामी जान नसक्दा स्थानीय आम्चीद्वारा उपचार कार्य हुने गरेको स्थानीयवासी बताएका छन् । स्थानीय जडीबुटी मिलाएर बुद्धिष्ट मन्त्रको आधारणमा गरिने यो उपचार विधिमा स्थानीय तहले समेत सहयोग गर्दै आएका छन् । सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पा भारी मात्रामा जडीबुटी पाइने क्षेत्रका रुपमा स्थापित छ । हिउँ चितुवालगायत संरक्षित जनावरहरु उपल्लो डोल्पामै पाइन्छ ।

हिउँका कारण विकास निर्माणमा बाधा

उपल्लो डोल्पामा हिमपातका कारण विद्यालयसमेत बन्द गरिएको छ । हिउँ पग्लिएपछि मात्र विद्यालय खुल्नेछन् । अहिले विकास निर्माणका समेत सबै ठप्प भएका छन् । चैतबाट मात्र विकास निर्माणका काम सुरु हुने छन् । उपल्लो डोल्पामा हिउँ पग्लिएपछि मात्र विकास निर्माणको काम हुने गर्दछ । आर्थिक वर्षसमेत बदल्नुपर्ने उपल्लो डोल्पाका जनप्रतिनिधिले बताएका छन् ।