पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुगौली सन्धी यता नेपालको अर्थतन्त्र परनिर्भर रहेको र प्रारम्भिक स्तरका उद्योगधन्दा समेत प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ ।
‘गाउँको उत्पादन सहरमा, सहरको पूँजी गाउँमा’ को नारासहित स्थापित मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय तथा कृषि प्रदर्शनी केन्द्रको आज पोखरा–८ नागढुङ्गामा उद्घाटन गर्दै उहाँले कृषि क्षेत्रको विकासका माध्यमबाट उत्पादन वृद्धि गर्दै परनिर्भर अर्थतन्त्रलाई बदल्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“नेपालको आयात÷निर्यातको अनुपात दशकौँ अघिदेखी बढेको छ । छिमेकी मुलुकहरुमा कृषि क्षेत्रमा राज्यले ठूलो मात्रामा अनुदान दिएकाले उत्पादन सस्तो छ, खुला सिमानाका कारणबाट समेत छिमेकबाट कृषिजन्य बस्तुको आयात बढ्दा यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न सकेको छैन । कृषि क्षेत्रमा राज्यको लगानी वृद्धि हुनु आवश्यक छ । ”
कृषि क्षेत्रको विकासको आफ्नो नियम रहेकाले त्यसलाई आत्मसाथ गर्नु जरुरी रहेको बताउँदै भट्टराईले पुरानो व्यवस्था र संरचना भत्काउनका लागि आफूहरुको पुस्ताको योगदान रहेपनि नयाँ बनाउने तर्फ खासै योगदान नभएको उल्लेख गर्नुभयो । “पुरानो राज्य व्यवस्था संरचना भत्काउन हाम्रो पुस्ताले योगदान गरेको हो । तर पुरानो भत्काउनु र नयाँ बनाउनु अलग हो । नयाँ बनाउन अलि मिलेको छैन विज्ञ भ
गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था कृषि सहकारी तथा गरीबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकारले कृषि उत्पादन वृद्धिको कार्यक्रम ल्याएको बताउनुभयो । उत्पादनका आधारमा अनुदान, कृषि उपकरणमा सहयोग, कृषिको यान्त्रीकरण लगायतमा कृषकलाई सहयोग गर्ने कार्यक्रम रहेको उहाँको भनाइ थियो ।
मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले नेपालको कृषि अर्थतन्त्रलाई बलियो बनाउने उद्धेश्यले विसं २०७५ मा मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा कम्पनीको स्थापना गरिएको बताउनुभयो ।
गुणस्तरीय कृषि सामग्रीहरु मल, बीउ, कृषि औजार, विषादीहरु र सिँचाई उपकरणमा कृषकलाई सहयोग उपलव्ध गराउँदै कृषकको खेतबारीमा उब्जनी भएको कृषि उपजहरुलाई बजारसम्म पहुँच अभिवृद्धिका लागि कम्पनीले काम गर्ने उहाँले जानकारी दिनुभयो । “देशमा कृषि उद्यमको विकास गरी बढीभन्दा बढी कृषकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएका छौँ”, कार्यकारी अध्यक्ष ढकालले भन्नुभयो,“कृषि व्यवसाय गर्न चाहने सहकारी, कृषि कम्पनी तथा फार्महरुलाई सहयोग तथा प्रवद्र्धनका माध्यमबाट स्थापित गर्ने गरी अघि बढेका छौँ ।”
कम्पनीका सचिव रामशरण तिमिल्सिनाले कृषक र कृषि व्यवसायीहरुलाई आवश्यक पर्ने वित्तिय तालिम, व्यावसायिक योजना निर्माण र अन्य वित्तिय सेवामा सहजीकरण गरिने बताउनुभयो । उहाँका अनुसार कम्पनीमा हाल संस्थापक शेयरधनी ८६३ जना रहेको र पूँजी रु एक अर्व रहेको छ । कम्पनीमा मुक्तिनाथ विकास बैंकको रु २५ प्रतिशत लगानी रहेको बताइन्छ । –
यो पनि – संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसको विजय आवश्यक छ ः उपसभापति निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा विजयी हुनुपर्ने बताउनुभएको छ ।पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै आज उहाँले आगामी निर्वाचनमा कांग्रेसको एकमना सरकार बनाउन पार्टी बलियो हुनुपर्ने र त्यसका लागि नेतृत्व लाग्नुपर्नेमा जोड दिनुभयो । उपसभापति निधिले कांग्रेसको नेतृत्वमा मुलुकको द्वन्द्व समाधान भई शान्ति प्रक्रिया कायम भएको, राज्यको पुनसंरचना गरिएको र संविधानसभाबाट संविधान जारी गरिएको विषयलाई कांग्रेसले गौरवका साथ आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “१४औँ महाधिवेशनमा सकेसम्म सर्वसम्मतबाट नेतृत्व चयन गरौँ, नसके स्वच्छ प्रतिस्पर्धा गरौँ”, उहाँले भन्नुभयो ।
अर्का उपसभापति विजयकुमार गच्छदारले कांग्रेसभित्र मेलमिलाप र एकता भएन भने कम्युनिष्टसँग मुकाविला गर्न नसक्ने बताउनुभयो । उहाँले कांग्रेस एक भए मात्र आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीलाई परास्त गर्न सकिनेमा जोड दिनुभयो । उहाँले पार्टीका नेताबीच प्रतिशोधपूर्ण प्रतिस्पर्धा नभई एकता कायम हुनुपर्ने उल्लेख गर्नुभयो । “विगतमा कांग्रेस विभाजन भएसँगै मुलुकको प्रजातान्त्रिक व्यवस्था लथालिङ्ग र उथलपुथल बन्न पुग्यो, अब हामी एक भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।
पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र केन्द्रदेखि वडासम्म एकता कायम राख्नुपर्ने बताउनुभयो । उहाँले पार्टीमा भावनात्मक एकता र युवामा ऊर्जा निर्माण गर्नु आजको आवश्यकता रहको उल्लेख गर्नुभयो । “लोकतान्त्रिक शासन व्यवस्था र यसको मूल्यमान्यतामाथि चुनौती देखिएको छ, आगामी निर्वाचन कांग्रेस सरकारको नेतृत्वमा निष्पक्ष र स्वतन्त्र बनाएर विद्यमान चुनौतीलाई पन्छाउनुपर्छ, त्यसका लागि परिवर्तन र सुधार आफैँबाट गरेर जनतामा जानुपर्छ”,उहाँले भन्नुभयो । ––
प्रतिक्रिया