स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरकारको प्रभावकारी व्यवस्थापनले कोरोना विरुद्धको खोपबाट नागरिक बञ्चित हुन नपर्ने बताउनुभएको छ । सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरिरहेकोले दोस्रो पटकको खोप लगाउन पाउने उहाँले बताउनुभयो । पाल्पाको तानसेनमा आयोजित नेकपा (एकीकृत समाजवादी) पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्त्री खतिवडाले दुवै मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउने तयारी सरकारले गरेको बताउनुभयो ।
सरकारले सबै स्थानीय तहमा अस्पतालको व्यवस्थापन गर्न पाँचदेखि २० शय्याको अस्पताल निर्माणका निम्ति बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । सामान्य बिरामीहरु स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार गराउने व्यवस्था गर्न बजेटको सुनिश्चित गरिएको मन्त्री खतिवडाले बताउनुभयो । उहाँले स्वास्थ्य बीमामा देखिएको समस्या समधान गर्न सरकार तयार रहेको बताउनुभयो । सरकारले नागरिकको सुविधाका लागि सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमले नागरिकलाई राहत हुनुपर्ने बताउनुभयो । मन्त्री खतिवडाले आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन रहने बताउनुभयो । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेयले एकीकृत समाजवादी पार्टी पाल्पामा बलियो पार्टीको रुपमा सङ्गठित भइरहेको बताउनुभयो ।
यो पनि – प्रहरीद्धारा विभिन्न संस्था सम्मानित
नेपाल प्रहरीले लैङ्िगक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको समापनको अवसर पारेर आज काठमाडौँ जिल्लामा महिला बालबालिका, ज्येष्ठ नागरिक, सञ्चार तथा नागरिक समाजका प्रतिनिधिलाइ सम्मान गरेको छ । सो अवसरमा महानगरीय प्रहरी परिसर टेकुका वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले राष्ट्रिय समाचार समिति, राष्ट्रिय महिला आयोगलगायत विभिन्न संस्थालाई सम्मान गर्नुभएको हो ।
उहाँले नेपाल प्रहरीको सहकार्यमा धेरै कार्यहरु गर्दै प्रहरीलाई सहयोग पु¥याउँदै आएको र हिंसा न्यूनीकरण गर्न प्रहरी, सामाजिक संस्था र सञ्चार माध्यमसँगै मिलेर जानुपर्नेमा जोड दिनुभयो । नेपाल प्रहरीको नियमावली २०७१ अनुसार जिल्ला लैङ्िगक हिंसा नियन्त्रण सञ्जाल गठन भएको थियो । उक्त सञ्जालमा जिल्लामा अवस्थित सङ्घसस्था, नागरिक समाज, शिक्षा, स्वास्थ्य, सञ्चारलगायत संस्थाहरु सदस्य रहेका छन् ।
प्रहरी नियमावलीअनुसार लैङ्िगक हिंसा नियन्त्रण सञ्जाल जिल्ला , नगरपालिका र वडा गरेर तीन तहमा गठन हुने व्यवस्था छ । सोहीअनुसार उक्त सञ्जाल बनेर काम गरिरहेको छ ।



प्रतिक्रिया