सामुदायिक विकास तथा विश्वशान्त्ति पुरस्कारले नेपालको पत्रकारिता क्षेत्रमा योगदान पुग्नेछ : मन्त्री श्रेष्ठ

सामुदायिक विकास तथा विश्वशान्त्ति पुरस्कारले नेपालको पत्रकारिता क्षेत्रमा योगदान पुग्नेछ : मन्त्री श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सामुदायिक विकास तथा विश्वशान्त्ति पत्रकारिता पुरस्कारले नेपालको सो क्षेत्रमा काम गर्ने व्यक्तिमा योगदान पुग्ने बताउनुभएको छ । अमेरिका–नेपाल र राष्ट्रिय प्रेस क्लबको आयोजनामा ‘सामुदायिक विकास तथा विश्वशान्त्ति पत्रकारिता साताँै अन्तरराष्ट्रिय सम्मान–२०२० कार्यक्रम’ का अवसरमा आज उहाँले सो पुरस्कारले मुलुकमा पत्रकारिता गर्ने व्यक्तिलाई हौसला बढाएर कामप्रति जागरुक बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारले अन्याय र अत्याचारमा परेका व्यक्तिको हितमा न्याय गर्ने भएकाले सदैव यसको मर्यादामा रहेर काम गर्नुहुने विश्वास लिएको छु ।”

अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले मुलुक समृद्धिका लागि कलम चलाउने पत्रकारमा समाज दिशानिर्देश गर्ने भूमिका रहने बताउनुभयो । नेपाल डाइबिटिक सोसाइटीका अध्यक्ष रोशनकृष्ण न्याछ्यौंले पत्रकारितामार्फत विश्वशान्त्तिका लागि केही गर्छु भनेर लाग्ने व्यक्ति सम्मानित हुँदा गौरवान्वित महसुस भइरहेको बताउनुभयो ।

आज करिब दुई दशक अघिदेखि भारतको असम प्रान्तमा जन्मिएर गुवाहाटीबाट प्रकाशित हुने ‘सपरिवार’ नामक नेपाली भाषाको सामुदायिक विकास तथा वातावरण क्षेत्रमा कलम चलाउने मासिक पत्रिकामा काम गर्दै आउनुभएका नन्दकुमार देवान सम्मानित हुनुभएको हो ।

यो पनि – मानव अधिकार उल्लङ्घनका घटनामा कमी आएन

त्रिहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै यो दिवस मनाउने गरिए पनि मावन अधिकार उल्लङ्घनका घटनामा कमी आएको छैन ।

रुकुम–पूर्वमा मात्र पछिल्लो पाँच वर्षको अवधिमा ६७ वटा मानव अधिकार उल्लङ्घनका घटना भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम–पूर्वको तथ्याङ्कअनुसार जिल्लामा आव २०७४/७५ मा यौनजन्य महिला हिंसाका घटना एक, आव २०७५/७६ मा १३ वटा, आव २०७६/७७ मा आठ वटा, २०७७/७८ मा ६ वटा र चालू आवको हालसम्म तीन वटा मुद्दा दर्ता भएका छन् ।

यस्तै पछिल्लो पाँच वर्षमा मात्रै ३० वटा ज्यानसम्बन्धी कसुर मुद्दा दर्ता भएका छन् । आव २०७४/७५ मा एउटा, २०७५/७६ मा आठ वटा, २०७६/७७ मा १२ वटा, २०७७/७८ मा सात वटा र चालु आवमा दुई वटा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै सोही अवधिमा छ वटा बहुविवाहका मुद्दा दर्ता भएका छन् । प्रहरी कार्यालयमा दर्ता भएका घटनाको मात्रै विवरण राख्ने गरिएको छ । सानो जिल्लामा यति धेरै घटना हुनु दुःखद् रहेको अधिकारकर्मीहरुले बताएका छ्न ।

जिल्लामा अन्य पनि धेरै मानव अधिकार उल्लङ्घनका घटना घटिरहेका छन् । जातीय विभेद, बो.क्सीको आरोपलगायत घटना पनि हुने गरेका छन् तर प्रहरी कहाँ पुग्न सकेका छैनन् । ग्रामीण भेगका सर्वसाधारण अझै पनि न्यायको ढोकासम्म पुग्न समस्या झेलिरहेका छन् । उनीहरुले हिंसा सहन बाध्य भएका छन् । विशेषगरी धेरैजसो अपराधका घटना हुनुमा लागुऔषध, मदिराजन्य पदार्थ सेवन नै रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार सर्वसाधारण सबैमा कानूनसम्बन्धी चेतना र ज्ञान नहुँदा पनि यस्ता घटना हुने गरेका छन् । यस्ता अपराधका घटना न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालयलगायत मातहतका प्रहरी युनिटबाट जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।