अमेरिकामा आएको आँधीका कारण कम्तीमा १०० को मृत्यु भएको आशङ्का

अमेरिकामा आएको आँधीका कारण कम्तीमा १०० को मृत्यु भएको आशङ्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२६ मङ्सिर (रासस÷एएफपी) ः संयुक्त राज्य अमेरिकाको अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरीलगायतका मध्य भागहरूमा रातभरी कम्तीमा ३० वटा आँधीबेहरी आएपछि करिब १०० जनाको मृत्यु हुन सक्ने अनुमान गरिएको छ ।यसअघि अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको केन्टकीका गभर्नरले शनिबार पुष्टि गर्नुभएको थियो ।

स्थानीय समयानुसार शनिबार बिहानै सुरू भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको उहाँले सञ्चारकर्मीहरूलाई बताउनु थियो । केन्टकीमा एउटा मैनबत्ती कारखाना पूर्ण रूपमा ध्वस्त भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् ।आँधी आएको अवस्थामा मैनबत्ती कारखाना करिब ११० जना व्यक्ति रहेका केन्टकीका गभर्नर एन्डी बेशिरले बताउनु भएको छ ।

बेशरले मध्यरातअघि नै आफूले केन्टुकीका कारण सङ्कट निम्त्याएको घोषणा गरेको बताउनु भएको थियो । त्यस क्षेत्रमा विद्युत् विनाश जारी रहँदा मानिसहरूको ज्यान जोगाउन थुप्रै खोज तथा उद्धार अधिकारीहरू पठाइएको कुरा पनि उहाँले बताउनुभयो ।

यो पनि – अमेरिका र अष्ट्रेलियाका विदेशमन्त्री बीच भेटवार्ताः शान्तिपूर्ण, सुरक्षित इन्डो-प्यासिफिक बारे प्रतिबद्धता

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इन्डो-प्यासिफिकमा शान्ति र समृद्धि प्रवर्द्धन गर्न जारी प्रयासहरूलाई सुदृढ गर्न लिभरपुलमा अष्ट्रेलियाका विदेशमन्त्री मारिस पेनेसँग भेट गर्नुभएको छ।”आज मेरो असल साथी @MarisePayne सँग भेट्न पाउँदा खुसी लाग्यो। हामीले शान्तिपूर्ण र सुरक्षित इन्डो-प्यासिफिक, कोभिड-१९ आर्थिक पुनःउत्थान र यस क्षेत्रका हाम्रा नागरिकहरू र साझेदारहरूका लागि नतिजाहरू प्रदान गर्न र सहयोग गर्न दुवै राष्ट्रहरूको गहिरो प्रतिबद्धतालाई पुन: पुष्टि गर्यौं। “ब्लिन्केनले ट्वीटमा उल्लेक गर्नु भएको छ। बेलायतमा सम्पन्न औद्योगिक राष्ट्रहरुको समूह (जी ७) को विदेश मन्त्रीहरुको बैठकको क्रममा दुवै नेताबीच भेटवार्ता भएको हो ।

उहाँहरूले अमेरिका-अष्ट्रेलिया गठबन्धनलाई अझ गहिरो बनाउने, अर्को दशकमा महत्वाकांक्षी जलवायु कार्यमा प्रतिबद्धताको महत्त्व र विश्वभर लोकतन्त्रको रक्षा, सुदृढीकरण र नवीकरण जारी राख्न समान विचारधाराका सहयोगी र साझेदारहरूको आवश्यकताबारे पनि छलफल गर्नुभएको, विदेश मन्त्रालयका प्रवक्ताले जनाउँनुभएको छ।

उहाँहरूले युक्रेन विरुद्ध रुसको चलिरहेको आक्रामकता बारे पनि चिन्ता व्यक्त गर्नुभएको छ । धम्की वा जबरजस्तीको सहारा नगरी क्रस-स्ट्रेट मुद्दाहरूको शान्तिपूर्ण समाधानको लागि समर्थन दोहोर्याउँदै विश्वव्यापी स्वास्थ्य विकासमा ताइवानको महत्त्वपूर्ण योगदानमा समेत जोड दिएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘दुवै नेताले यस क्षेत्रमा संयुक्त प्रयास गर्न र कोभिड–१९ बाट ग्रस्त क्षेत्रको राम्रोसँग पुन: निर्माण गर्न प्रतिवद्धता’ जनाएका छन् ।