भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२६ मङ्सिर (रासस÷एएनआइ) ः भारतमा गत २४ घण्टामा सात हजार ७७४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका आइतबार जनाइएको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट ३०६ जनाको मृत्यु भएपछि कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ४३४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

गएको २४ घण्टामा भारतमा आठ हजार ४६४ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख २२ हजार ७९५ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३६ प्रतिशत रहेको जनाइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको सामाचारमा जनाइएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ५८ लाख व्यक्तिको कोरोना परिक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३२ करोड ९३ लाख डोज खोप लगाइएको जनाइएको छ ।

यो पनि – साउदी अरेबियाली सेनाको हवाई कारबाहीमा १९० हुथी विद्रोहीको मृत्यु

२६ मङ्सिर ९रासस÷सिन्ह्वा० ः यमनको मध्य क्षेत्रीय प्रान्त मारिब र यससँगैको अर्को प्रान्तमा शनिबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ ।प्राप्त समाचारअनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १९० जना हुथी विद्रोहीहरुको ज्यान गएको साउदी अ‍ेरिबयाको सरकारी प्रेसले जनाएको छ ।

यहाँ १९० जना मारिएका र अरु कैयौँ घाइते भएका यमनको सरकारी सेनाले पनि शनिबार राति पुष्टी गरेको जानकारी दिएका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ । उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् । मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।

साउदी प्रेसका अनुसार यहाँको सेनाले शनिबार गएको २४ घन्टाभित्रमा कम्तीमा पनि ३६ ओटा साना ठूला आक्रमणहरु गरेको पाइएको छ । उक्त हवाई आक्रमणमा १९० जना हुथी विद्रोही मारिएका र त्यस कारबाहीका क्रममा अरु केही घाइते भएका पनि बताइएको छ । शनिबारको सो आक्रमणका क्रममा हुथी विद्रोहीहरुका कम्तीमा पनि २० ओटा आश्रयस्थल नै ध्वस्त पारिदिएको बताइएको छ ।

उक्त प्रान्तमा यसअघि पनि समयसमयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको पनि बताइएको समाचारमा उल्लेख गरिएको छ ।साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् । यस पछिल्लो कारबाहीका क्रममा हुथीहरुले प्रयोग गर्ने गरेका केही शक्तिशाली हतियारहरु पनि पक्राउ गरिएको समाचारमा जनाइएको छ ।