साउदी अरेबियाली सेनाको हवाई कारबाहीमा १९० हुथी विद्रोहीको मृत्यु

साउदी अरेबियाली सेनाको हवाई कारबाहीमा १९० हुथी विद्रोहीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२६ मङ्सिर ९रासस÷सिन्ह्वा० ः यमनको मध्य क्षेत्रीय प्रान्त मारिब र यससँगैको अर्को प्रान्तमा शनिबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ ।प्राप्त समाचारअनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १९० जना हुथी विद्रोहीहरुको ज्यान गएको साउदी अ‍ेरिबयाको सरकारी प्रेसले जनाएको छ ।

यहाँ १९० जना मारिएका र अरु कैयौँ घाइते भएका यमनको सरकारी सेनाले पनि शनिबार राति पुष्टी गरेको जानकारी दिएका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ । उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् । मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।

साउदी प्रेसका अनुसार यहाँको सेनाले शनिबार गएको २४ घन्टाभित्रमा कम्तीमा पनि ३६ ओटा साना ठूला आक्रमणहरु गरेको पाइएको छ । उक्त हवाई आक्रमणमा १९० जना हुथी विद्रोही मारिएका र त्यस कारबाहीका क्रममा अरु केही घाइते भएका पनि बताइएको छ । शनिबारको सो आक्रमणका क्रममा हुथी विद्रोहीहरुका कम्तीमा पनि २० ओटा आश्रयस्थल नै ध्वस्त पारिदिएको बताइएको छ ।

उक्त प्रान्तमा यसअघि पनि समयसमयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको पनि बताइएको समाचारमा उल्लेख गरिएको छ ।साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् । यस पछिल्लो कारबाहीका क्रममा हुथीहरुले प्रयोग गर्ने गरेका केही शक्तिशाली हतियारहरु पनि पक्राउ गरिएको समाचारमा जनाइएको छ ।

यो पनि – पूर्वी चीनको तटमा मालवाहक जहाज डुब्दा ४ जनाको मृत्यु, ७ बेपत्ता

पूर्वी चीनको शानडोङ प्रान्तको यानताई शहरको तटीय क्षेत्रमा आइतबार बिहान कार्गो जहाज डुब्दा बेपत्ता भएका चालक दलका सात सदस्यको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन्। दुर्घटना हुँदा चालक दलका १४ सदस्य सवार थिए । उद्धार ब्यूरोले बिहान ४:४३ मा उक्त दुर्घटनाको रिपोर्ट प्राप्त गरेको जनाइएको छ । हालसम्म तीन जनाको उद्धार गरिएको छ भने चार जनाको शव फेला परेको छ । बेपत्ता चालक दलका सदस्यहरुको खोजीका लागि उद्धार हेलिकप्टर र उद्धार जहाज पठाइएको छ।