भारतमा थप सात हजार ३५० कोरोना सङ्क्रमित

भारतमा थप सात हजार ३५० कोरोना सङ्क्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२७ मङ्सिर (रासस÷एएनआइ) ः भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना सङ्क्रमण देखापरेको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अझै पनि ९१ हजार ४५६ जना सक्रिय सङ्क्रमित रहेका सो मन्त्रालयले सोमबार जनाएको छ । यो संख्या ५६१ दिनयताको नै सब भन्दा कम भएको पनि समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमतिको १ प्रतिशत भन्दा कम भएको जनाइएको छ ।

सक्रिय सङ्क्रमितको यो संख्या ०.२६ प्रतिशत रहेको समाचारमा जनाइएको छ । यो संख्या सन् २०२० मार्चपछिको सब भन्दा कम हो । भारतमा कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ६३६ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । गएको २४ घण्टामा भारतमा सात हजार ९७३ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ३० हजार ७६८ लाई कोरोनाको सङ्क्रमण निको भएको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३७ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको सामाचारमा जनाइएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ६६ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३३ करोड १७ लाख डोज खोप लगाइएको जनाइएको छ ।

यो पनि – दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण

२७ मङ्सिर (रासस÷सिन्ह्वा) ः दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड १९ को संक्रमण भएको छ । उहाँले कोभिड सङ्क्रमण भएपछि उपचार गराइरहनुभएको छ । सो कुरा दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । सिरिल रामाफोसाले उपचार गराइरहनुभएको आइतबार राति सो कार्यालयले जनाएको छ ।

उहाँले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाउनुभएको थियो । यसकारण उहाँलाई धेरै समस्या नभएको बुझिएको छ । तर पनि सैन्य अस्पतालका वरिष्ठ चिकित्सकहरुको निगरानीमा उहाँ रहनुभएको बताइएको छ ।हालैमात्र कोरोनाको घातक भनिएको ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा नै पत्ता लागेको थियो । यो भाइरस संसारका धेरै देशमा पुगेको छ ।

तर उहाँलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन । ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कैयौँ देशले दक्षिण अफ्रिकाका विरुद्धमा यात्रा प्रतिबन्ध लगाएका छन् ।