अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ घाइते

अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२७ मङ्सिर (रासस÷एएनआई) ः अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।घाइते भएका मध्ये एक जनाको घटनास्थलमै मृत्यु भएपनि बाँकी तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरुको भनाई छ ।

सवै घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना आइतबार राती भएको हो । भिडभाड र हल्ला भइरहेको बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।

यो पनि – भारतमा थप सात हजार ३५० कोरोना सङ्क्रमित

२७ मङ्सिर (रासस÷एएनआइ) ः भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना सङ्क्रमण देखापरेको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अझै पनि ९१ हजार ४५६ जना सक्रिय सङ्क्रमित रहेका सो मन्त्रालयले सोमबार जनाएको छ । यो संख्या ५६१ दिनयताको नै सब भन्दा कम भएको पनि समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमतिको १ प्रतिशत भन्दा कम भएको जनाइएको छ ।

सक्रिय सङ्क्रमितको यो संख्या ०.२६ प्रतिशत रहेको समाचारमा जनाइएको छ । यो संख्या सन् २०२० मार्चपछिको सब भन्दा कम हो । भारतमा कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ६३६ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । गएको २४ घण्टामा भारतमा सात हजार ९७३ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ३० हजार ७६८ लाई कोरोनाको सङ्क्रमण निको भएको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३७ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको सामाचारमा जनाइएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ६६ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३३ करोड १७ लाख डोज खोप लगाइएको जनाइएको छ ।