‘औषधिको मूल्यवृद्धि गरिएको छैन’

‘औषधिको मूल्यवृद्धि गरिएको छैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल औषधि व्यवसायी सङ्घले आफूखुशी औषधिको मूल्यवृद्धि नभएको स्पष्ट पारेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा औषधिको मूल्यवृद्धिसम्बन्धी समाचारमा सङ्घको नामसमेत उल्लेख भएकामा ध्यानाकर्षण भएको जनाएको छ । सङ्घले समाचारमा उल्लेख भएका कतिपय तथ्यहरूप्रति सङ्घ असहमति राख्दै तथ्यपूर्ण समाचार सम्प्रेषणका लागि अनुरोधसमेत गरेको छ । ‘औषधि ऐन, २०३५ मा आवश्यक देखेमा नेपाल सरकारबाट औषधिको मूल्य निर्धारण गर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार हाल देशमा ९६ प्रकारका औषधिका मूल्यसमेत निर्धारण गरिएको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ ।

सङ्घले नेपाल सरकारले मूल्य निर्धारण गरेका बाहेक अन्य औषधिको मूल्य उत्पादक आफँैले निर्धारण गर्ने प्रचलनअनुसार देशमा पनि आयात गरिने औषधिमा सरकारले तोकेबाहेक अन्यमा उत्पादक कम्पनीले, उत्पादित देशमा भन्दा एमआरपी बढी नहुने गरी आयात गरिरहेको सम्पूर्णमा अनुरोध गरेको । सङ्घले विद्यमान कानुनी व्यवस्था र यथार्थताभन्दा टाढा रहेर प्रकाशन÷प्रसारण भएका समाचारमा सत्यता नभएको बताउँदै औषधिजस्तो अति संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा गम्भीर अध्ययन, खोज र विश्लेषण गरिदिनु हुन अपिल गरेको छ ।

यो पनि – आइटीसम्बन्धी शैक्षिक मेला बिहीबारदेखि

‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ यही बिहीबारदेखि राजधानीमा छैटौँ व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला सुरु हुने भएको छ । युनिभर्सल थट कन्सल्टले आगामी पुस १ र २ गते (बिहीबार र शुक्रबार) काठमाडौँको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजना गर्न लागेको हो ।

शैक्षिक मेलामा एमबिए, एमबिएस, एमएस्सी, सिएसआइटी, बिबिए, बीएससी, सिएसआइटी, बिएलटी, बिआइएम, बिएचएम, बिबिआइएस, बिटिटिएम, बिबिएम, बी एचटिएम, बिएसडब्लु, बिबिएस, बिबिए, बिआई, बिई, बिडिएफइन, बिडिइभ्सलगायत शैक्षिक उपाधिहरू प्रदान गर्ने ३० शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ । नेपालमै व्यवस्थापन तथा आइटितर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको छ ।

छैटौँ शैक्षिक मेलामा यस वर्ष कक्षा ११ र १२ अध्ययन गर्दै रहेको तथा कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने युटिसीका कार्यकारी निर्देशक राजेश बुद्घसैनीले बताउनुभयो ।

यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमशः पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ, पूर्वाञ्चल विश्वविद्यालयका तीन, काठमाडौँ विश्वविद्यालयका दुई, मध्यपश्चिम विश्वविद्यालयका पाँच, नेपाली विश्वविद्यालयका कलेज, दुईवटा सिए र एक अन्य अध्यापन गराउने संस्थाको सहभागिता रहनेछ भने १५ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने यस मेलामा जम्मा ५१ वटा स्टलहरू रहने युटिसीका एडमिनिस्ट्रेटिभ एन्ड फाइनान्स डाइरेक्टर प्रकाश ढकालले जानकारी दिनुभयो ।