टेक्सासको ह्युस्टन नजिकैको उपनगरीय शहर बेटाउनमा आइतवार साँझ एक भिजिलमा ड्राइभद्वारा गोली चलाउँदा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका छन्। उक्त व्यक्तिलाई इलाका अस्पतालमा मृत घोषणा गरिएको थियो । घाइते मध्ये तीन जनाको अवस्था अहिले गम्भीर रहेको ह्युस्टन क्रोनिकलले जनाएको छ ।
ह्यारिस काउन्टीका शेरिफ एड गोन्जालेजले गोली चलाउनेले भिजिलमा भेला भएका भीडमाथि गोली चलाएको बताएका छन्। केही साताअघि घरमा मारिएका छोराको सम्झनामा एउटी आमाले सेलिब्रेसन अफ लाइफ सेरेमनी नामको जागरण कार्यक्रम आयोजना गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो पनि – अमेरिकालाई आपत्कालीन मानवीय सहायता उपलब्ध गराउन चीन इच्छुक
चीन संयुक्त राज्य अमेरिकामा आँधीबाट प्रभावित मानिसहरूलाई आवश्यकता अनुसार आपत्कालीन मानवीय सहायता उपलब्ध गराउन इच्छुक रहेको चीनको अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका प्रवक्ता सु वेइले सोमबार बताउनुभएको छ। टोर्नाडोलेसंयुक्त राज्य अमेरिकाको मध्य भागमा ठूलो असर गरेको छ। अति प्रभावित राज्यहरूमा अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरी छन् । त्यहाँ ठूलो संख्यामा हताहत र आर्थिक क्षति भएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार पत्रकार सम्मेलनमा चीनले अमेरिकाको क्षतिप्रति दुःख व्यक्त गरेको छ बताउँनु भएको छ।”आशा छ कि घाइतेहरू सकेसम्म चाँडो निको हुनेछन् र प्रभावित मानिसहरूले चाँडै नै आफ्नो घर पुनर्निर्माण गर्न सक्नेछन्” वाङले भन्नुभयो।
यो पनि -नाइजेरियामा बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु
नाइजेरियाको उत्तरपूर्वी बाउची राज्यमा आइतबार तीव्र गतिमा गुडेको बस र ट्रकमा आपसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।
कानो–जामारे राजमार्गको बम्बल गाउँमा साँझ ७ बजे उक्त दुर्घटना भएको हो । बसमा सवार सबै १६ यात्रुले दुर्घटनामा ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
‘ट्रकमा ठोक्किएपछि बसमा आगो लागेको थियो । नाइजेरियामा सडक दुर्घटनाहरू प्रायः अत्यधिक यात्रु चाप, खराब सडक र लापरवाह ड्राइभिङको कारणले हुने गरेको बताइन्छ ।



प्रतिक्रिया