दाङमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङमा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार घोराही उपमहानगरपालिका–६ अगेरा निवासी रोहित पाण्डेको दुई वर्षीय छोरा आहाना पाण्डेको मृत्यु भएको हो । सोही ठाउँबाट विद्यार्थी लिएर अगेरातर्फ आउँदै गरेको ना३ख ९९९३ नंको बसले आज बिहान सवा १० बजे ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको टाउकामा गम्भीर चोट लागेको थियो । ठक्कर दिने बस बबई स्टार लिटिङ बोर्डिङ स्कुलको रहेको प्रहरीले बताएको छ ।

यो पनि – पोखरा महानगरको प्रशासकीय भवन शिलान्यास

पोखरा महानगरपालिकाले आफ्नो सुविधासम्पन्न र अत्याधुनिक प्रशासकीय भवन निर्माण सुरु गरेको छ । पोखरा–८ नयाँबजारस्थित दमकलमार्गमा महानगरको आफ्नै चार रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवनको आज महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले शिलान्यास गर्नुभयो ।

साबिक पोखरा नगरपालिका हुँदादेखिको साँघुरो भवनबाट सेवा दिँदै आएको महानगरले यसअघि पटक/पटक भवन निर्माणका लागि जमिन खोजी गरेको तर जमिन अभावमा प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन । महानगरका अनुसार ‘अन्डरग्राउन्ड पार्किङ’ सहितको पाँचतलाको भवन रु १९ करोड पाँच लाख छ हजार ३०८ लागतमा निर्माण हुनेछ ।

सो भवन आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी भूमि बुद्ध/ओम बुद्ध जेभी विराटनगरसँग गत असोज १० गते ठेक्का सम्झौता गरिएको महानगर वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङले बताउनुभयो । भवन शिलान्यास गर्दै उपप्रमुख गुरुङले भवन निर्माणपछि महानगरका सबै महाशाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवासमेत प्रभावकारी हुने बताउनुभयो । उहाँले निर्धारित समयभित्रमा गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । हाल महानगरका विषयगत कार्यायल र महाशाखा फरकफरक स्थानमा रहँदा नागरिकले सहज सेवा पाउन सकेको छैनन् ।

प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले विकासँग जोडिएको प्रशासकीय भवन निर्माणका लागि सबैको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो । स्थानीयवासीले भने महानगरको सो जमिन भएको क्षेत्रलाई खुला नै राखेर उद्यानका रुपमा विकास गर्नुपर्ने भन्दै शिलान्यासमा केही बेर अवरोध गरेका थिए । पाँचवटा स्थानीय तह रहेको जिल्लामा माछापुच्छ«े गाउँपालिकाको प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा रहेको छ । अन्य पालिकामा भने जमिन अभाव तथा पालिकाको केन्द्र टुङ्गो लाग्न नसक्दा प्रशासकीय भवनको काम अघि बढ्न सकेको छैन ।