नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लग्नुभएको छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान तीन हजार १८१ मत गणना हुँदा सभापति देउवाले १,५०६, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १,१७८, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरूङले १५ मत प्राप्त गर्नुभएको समितिले जनाएको छ ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिएलगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको हो ।
यो पनि – कांग्रेस सभापति मतगणना : ४१७४ मत गन्दा १९९५ मतले देउवा अगाडि, अब ५०० मत गन्न बाँकी
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको पछिल्लो मतपरिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायमै राख्नुभएको लग्नुभएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार चार हजार १७४ मत गणना हुँदा सभापति देउवाले १,९९५, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १,५४२, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरूङले १७ मत प्राप्त गर्नुभएको छ ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।
प्रतिक्रिया