लोकतन्त्रलाई सुढृढ बनाउन पार्टी बलियो हुनुपर्छ ः सभापति देउवा

लोकतन्त्रलाई सुढृढ बनाउन पार्टी बलियो हुनुपर्छ ः सभापति देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेस बलियो हुनुपर्ने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनमा भाग लिन यहाँ आउनुभएका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिको सम्मानमा आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा आयोजित चियापान कार्यक्रममा उहाँले प्रजातन्त्र बलियो बनाउन कांग्रेसका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभएको हो ।

“पार्टीभित्रको निर्वाचनमा हारजित हुन्छ, प्रजातन्त्र र पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँले पार्टीभित्र अनुशासन र सम्मान गर्ने परम्पार कामय राख्नुपर्नेमा जोड दिनुभयो ।सभापति देउवाले आफूहरु सँगसँगै लोकतन्त्र प्राप्तिका लागि सङ्घर्ष र जेलजीवन बिताएको प्रङ्सँग उल्लेख गर्दै महान् नेताले बोलाएको चियापानमा आउन पाउदा आफूलाई भाग्यमानी ठानेको बताउनुभयो ।

पार्टीका वरिष्ठ नेता पौडेलले पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्धमा आफ्नो लडाइँ सधँै जारी रहने बताउनुभयो । “मुलुकमा स्थायित्व, विकास र सुशासन दिन म सधैँ तत्पर रहन्छु, पार्टीको महाधिवेशनमा उम्मेदवार नभए पनि राजनीतिबाट आफूलाई अलग राखेको छैन,”– उहाँले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले आफू निष्ठा र प्रतिबद्धतामा विचलित नभएको बताउँदै आफ्नो विवेकको सही प्रयोग गर्न मतदातालाई आग्रहसमेत गर्नुभयो । उहाँले आसन्न तीन तहकै निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने कठिन चुनौतीलाई सामना गर्न पार्टीभित्र एकता, अनुशासन र सुढृढ सङ्गठन विस्तारको आवश्यकता रहेको बताउनुभयो ।
पार्टी सभापतिका अर्को उम्मेदवार डा शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा निर्वाचन भएकाले कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । “पार्टीभित्र सभापति र वरिष्ठ नेता दुबै सम्मानित नेता हुनुहुन्छ, उहाँलाई सम्मान, इज्जत र आदर गर्नुपर्छ,”– उहाँले भन्नुभयो । उहाँले अनुशासित पार्टी निर्माणका लागि सबै लाग्नुपर्ने बताउनुभयो । नेता कोइरालाले अन्तरआत्मा के भन्छ, त्यहिअनुसारको विवेक प्रयोग गरेर मतदान गर्नसमेत सबै प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

यो पनि – कांग्रेस सभापति पदमा पुनः मतदान हुने

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गर्नुभएको छ । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गर्नुभएको छ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८१ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७७ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । समितिका अनुसार देउवाले ४८.२३, कोइरालाले ३६.९३, सिंहले ७.९२, निधिले ५.३१ र गुरुङले ०.०४ प्रतिशत मत ल्याउनुभएको छ । सबैभन्दा बढी मत प्राप्त गर्ने सभापति देउवालाई विजयी हुनका लागि ८१ मत नपुगेको समितिले जनाएको छ ।

समितिका संयोजक गोपालकृष्ण घिमिरेले पुनः मतदानका लागि तयारी भइरहेको र केही बेरमै नयाँ निर्वाचन तालिका प्रकाशन गर्ने बताउनुभएको छ । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।