गम्भीर प्रकृतिका विभिन्न घटनाको सुक्ष्म अनुसन्धान गरी निष्कर्षमा पु¥याउने महत्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को हो । अन्य तथा मातहतकै निकायले अनुसन्धान गर्न नसकेका मुद्दाको कारण पत्ता लगाउनसमेत सिआइवीमाथि भरोसा गरिएको हुन्छ । तर त्यसरी अनुसन्धान गर्ने सरकारको भरपर्दाे निकाय सिआइवीका एक प्रहरी कर्मचारी मुद्दा मिलाइदिने भन्दै पैसाको मोलमोलाई गरेको आरोपमा पक्राउ परेका छन् ।
सम्पति शुद्धिकरणसम्बन्धी विभागमा परेको मुद्दा मिलाइदिन्छु भन्दै मोलमोलाई गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रहरी नायब निरीक्षक (सई) विष्णु ढुङ्गाना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार नक्साल क्षेत्रबाट उनलाई पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । प्रहरीमा परेको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो । उनीमाथि आपाराधिक लाभ (एक्सटर्सन) कसुर गरेको आरोप छ । मुलुकीअपराध संहिताको परिच्छेद २१ को दफा २५३ मा यससम्बन्धी कानूनी व्यवस्था छ ।
उक्त व्यवस्थानुसार कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पु¥याउने डर त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपाराधिक लाभ लिएको मानिनेछ । उक्त आरोप प्रमाणित भएमा कम्तीमा एक वर्ष कैद र १० हजार जरिवाना हुने व्यवस्था छ ।
यो पनि –
विद्यालयका छात्रालाई ‘प्याड’ सहयोग
सर्केगाड गाउँपालिकाले विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ ।
गाउँपालिकाले देवल आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई प्याड वितरण गरेको हो । महिनाबारी भएको समयमा लजाएर छात्रा विद्यालय आउन छोड्ने भएकाले उनीहरुलाई निःशुल्क प्याड वितरण गरेको गाउँपालिकाले जनाएको छ । सर्केगाड –१ स्थित तुम्चामा अध्ययनरत सो विद्यालयका ६ कक्षा देखि ८ कक्षासम्मका छात्रालाई प्याड वितरण भएको विद्यालयका प्रधानाध्यापक कालीबहादुर रावतले जानकारी दिनुभयो ।
पालिकाभित्रका निम्न माध्यामिक विद्यालयस्तरका विद्यालयमा ११ लाई प्याड वितरण गरिएको छ । वितरणको क्रममा पनि छात्राले प्याड लिन लजाउने गरेको उनीलाई सम्झाइबुझाइ गरेर प्याड प्रदान गरिएको उहाँले बताउनुभयो ।
सिमकोटमा प्याड बैंक
सिमकोटमा रेना सेनेटरी प्याड बैंक स्थापना भएको छ । हिमाली शिक्षा र विकास हेड नेपालको सहजीकरणमा ‘स्वास्थ्य सफा, सेनेटरी प्याडको आवश्यकता ः सहुलियत दरमा पूरा गर्ने हाम्रो प्रतिबद्धता’ भन्ने संस्थागत नारासहित सिमकोटमा प्याड बैंक स्थापना गरिएको हो ।
महिलाका लागि कम्पनीको अधिकतम खुद्रा मूल्यमा बिक्री गर्ने उद्देश्यले प्याड बैंक स्थापना गरिएको हेड नेपालका छोमु लामाले बताउनुभयो । सडक सञ्जालसँग नजोडिएका हुम्लामा काठमाडौँदेखि नेपालगञ्जसम्म एति एयरलाइन्स र नेपालगञ्जदेखि सिमकोटसम्म तारा एयरलाइन्सले निःशुल्क प्याड ढुवानी गर्ने भएका कारण सिमकोटमा सहुलियतमा बिक्री गरिने भएको हो ।
सिमकोटमा आइपुगेका प्याड सर्वसाधरणसम्म पु¥याउन हिमाली शिक्षा र विकास हेड नेपालको कार्यालय, डोमा जनरलस्टोर, न्यु हिमालय ट्रेडिङ हाउस र विकास जनरलस्टोरमा पाइने भएको लामाले बताउनुभयो । जिल्लामा विगतको समयमा कुरीतिको रुपमा हेरिने भए पनि अहिले समयानुकूल शिक्षाले परिवर्तन गरिसकेपछि महिनाबारीलाई सामान्य रुपमा हेरिने गरिन्छ ।



प्रतिक्रिया