दक्षिण कोरियाको दक्षिणी टापुमा ४.९ म्याग्निच्युडको भूकम्प

दक्षिण कोरियाको दक्षिणी टापुमा ४.९ म्याग्निच्युडको भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दक्षिण कोरियाको दक्षिणी टापु जेजुमा मङ्गलबार दिउँसो ४.९ म्याग्नीच्युडको भूकम्प गएकामा अहिलेसम्म कुनै क्षति नभएको एसियाली देशको मौसम विभागले जनाएको छ। साँझ ५ बजेर १९ मिनेटमा भूकम्प गएको थियो । स्थानीय समय (0819 GMT) कोरिया मौसम प्रशासन (KMA) को अनुसार जेजु टापुको सिइओग्विपो शहरको जलक्षेत्रमा उक्त भूकम्प गएको हो भूकम्पको केन्द्र ३३.०९ डिग्री उत्तरी अक्षांश र १२६.१६ डिग्री पूर्वी देशान्तरमा रिपोर्ट गरिएको थियो । जसको गहिराई समुद्रको तल १७ किलोमिटर थियो। सुनामीको चेतावनी भने जारी गरिएको छैन। यद्यपि कमजोर माटो भएका क्षेत्रमा क्षति हुन सक्ने केएमएले जनाएको छ ।

यो पनि – सिरियाको देइर एज-जोरमा ओमर तेल क्षेत्र नजिकैको अमेरिकी आधार शिविर रकेट आक्रमणको अधीनमा

उत्तरपूर्वी सिरियाको देइर एज-जोर प्रान्तमा ओमर तेल क्षेत्र नजिकैको अमेरिकी आधार शिविर रकेट आक्रमणको शिकार भएको सिरियाली सरकार समर्थक अखबार अल-वाटानले स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।आक्रमणपछि बेस क्षेत्रमा धुवाँको मुस्लो देखिएको पनि बताइएको छ। अमेरिकी सेनाले सिरियाको उत्तरी र उत्तरपूर्वी भागहरू देइर एज-जोर, अल-हसाका र रक्का प्रान्तहरूमा अवैध रूपमा नियन्त्रण गरेको बताइने सो क्षेत्रमा सबैभन्दा ठूलो सिरियाली तेल र ग्यास क्षेत्रहरू अवस्थित छन्।
दमास्कसले बारम्बार अमेरिकी सेनाको उपस्थितिलाई आफ्नो क्षेत्र कब्जा र तेलको प्रत्यक्ष चोरीको उद्देश्यले निहीत रहेको आरोप लगाएको छ।

यो पनि- अफगानिस्तानको काबुलमा भएको विष्फोटमा एक जनाको मृत्यु, दुई घाइते

अफगानिस्तानको काबुलमा मङ्गलबार भएको विष्फोटमा एक जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको सिन्ह्वा समाचार एजेन्सीले उप आन्तरिक मन्त्री मोहम्मद इजामलाई उद्धृत गर्दे जनाएको छ।काबुल शहरको प्रहरी जिल्ला ८ मा आज विष्फोट भएको हो। शुक्रबार काबुलको दश्त-ए-बार्च क्षेत्रमा एउटा मिनी-बसलाई लक्षित गरी भएको बम आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए।
इस्लामिक स्टेटले शुक्रबार भएको विष्फोटको जिम्मेवारी लिएको छ ।