नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशनस्थल भृकुटीमण्डपको मुख्य प्रवेशद्वार नजिक स्थापना गरिएको स्वास्थ्य शिविरमा एक हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले स्वास्थ्य सेवा लिनुभएको छ । महाधिवेशनका लागि पार्टीले पूर्वमन्त्री एवम् नेता मोहनबहादुर बस्नेत संयोजक रहनुभएको स्वास्थ्य समिति गठन गरेको थियो । शिविरमा महाधिवेशन प्रतिनिधिले खासगरी उच्च रक्तचाँप र मधुमेहसम्वन्धी परीक्षण गराउनुभएको डा हेमन्त गौतमले जानकारी दिनुभयो ।
महाधिवेशन प्रतिनिधिलाई शिविरमा स्वास्थ्य परीक्षण गराई निःशुल्क औषधि प्रदान गर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनका लागि प्राडा रामचन्द्र अधिकारीको नेतृत्वमा १० सदस्य स्वास्थ्य टोली खटिएको छ । परीक्षण आउने मध्य केहीमा सामान्य रुघाखोकी र झाडापखालासम्वन्धी समस्या देखिएको पनि डा गौतमले बताउनुभयो । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्येनजर गरी शिविरबाट महाधिवेशन प्रतिनिधिलगायतलाई मास्क र स्यानिटाइजर निःशुल्क वितरण वितरण गरिएको छ ।
साथै समितिले मतदान प्रवेशद्वारमा पूरै शरिर स्यानिटाइज हुने व्यवस्था मिलाएको छ । महाधिवेशनका लागि स्वास्थ्य सेवा विभाग र औषधि उत्पादक कम्पनीले निःशुल्क औषधिको व्यवस्था गरेको हो । महाधिवेशनका लागि नरदेवी आयुर्वेदिक अस्पतालबाट औषधिसहित कविराजको टोली पनि खटिएको छ ।
यो पनि – सदन चलाउन प्रमुख प्रतिपक्षसँग संवाद गरिनेछ ः कानुनमन्त्री बडू
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सदनमा विरोध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सँग वार्ता र संवादका लागि सरकार तत्पर रहेको बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै मन्त्री बडूले नेकपा एमालेको महाधिवेशन सम्पन्न भएको र नेपाली कांग्रेसको महाधिवेशन जारी रहेकाले दलहरुको महाधिवेशन सकिएपछि आपसमा बसेर सहमतिको वातावरण निर्माण गरिने बताउनुभएको हो ।
उहाँले आजको बैठकमा पनि अध्यादेश पेशबाहेक अन्य कार्यसूची अघि नबढाइएकाले निजामति कर्मचारी विधेयकजस्ता महत्वपूर्ण विधेयकमा छलफल गर्नुपर्ने कार्यसूची ल्याउन सदनको अवरोध हटाइ प्रतिपक्षसँग उचित वातारण निर्माण गरिने उल्लेख गर्नुभयो ।



प्रतिक्रिया