हाइटीमा इन्धन ट्याङ्की वि.स्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु, दर्जनौ घाइते

हाइटीमा इन्धन ट्याङ्की वि.स्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु, दर्जनौ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हाइटीको उत्तरी क्षेत्रमा मङ्गलबार इन्धन ट्याङ्की वि.स्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनामा थप दर्जनौँ व्यक्तिहरू घाइते भएका स्थानीय सञ्चारमाध्यमले प्रशारित प्रारम्भिक रिपोर्टमा जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । स्थानीय समाचार अनुसार सोमबार राति भएको उक्त वि.स्फोट हाइटीको उत्तरी बन्दरगाह शहर क्याप–हैटियनमा भएको हो ।

घटनामा कम्तीमा ५०–५४ जनाको जलेर मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति जलेर घाइते भएका क्याप–हैटियनका नगरका उपप्रमुख प्याट्रिक अलमोनरले बताउनुभयो । उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्नसक्ने चिकित्सकहरूले बताएका अधिकारीहरूलाई उद्धृत गरी न्यूज–२४ नामक स्थानीय समाचार संस्थाले उल्लेख गरेको छ ।

घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ । उक्त वि.स्फोटपछि घटनास्थल वरपर रहेका करिब २० घरहरूमा आगलागी भएको अलमोनरले बताउनुभयो । ती घरहरूमा रहेका मानिसहको सङ्ख्या तत्काल पत्ता लगाउन कठिनाइ भइरहेको उहाँले बताउनुभयो ।

यो पनि -चीनको ‘आक्रामक कार्यहरू’ विरुद्ध गठबन्धनलाई बलियो बनाउँनुपर्नेः अमेरिकाली विदेशमन्त्री

इन्डो-प्यासिफिक क्षेत्रमा चीनको “आक्रामक कार्यहरू” बारे जारी चिन्ताको बीचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार बेइजिङ विरुद्ध गठबन्धनलाई बलियो बनाउन “नियममा आधारित आदेशको रक्षा गर्नु” पर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो देशहरूलाई “आफ्नो बाटो रोज्ने” अधिकार हुनुपर्छ।

इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकाको रणनीतिको रूपरेखा प्रस्तुत गर्दै इन्डोनेसियाको दुई दिने भ्रमणमा रहनुभएका ब्लिन्केनले भन्नुभयो, “हामी हाम्रा सहयोगी र साझेदारहरूसँग मिलेर दशकौंदेखि मिलेर बनाएका नियमहरूमा आधारित व्यवस्थाको रक्षा गर्न काम गर्नेछौं र ती क्षेत्र खुला र पहुँचयोग्य रहनेछन्।”
“नियममा आधारित आदेशको रक्षा गर्ने लक्ष्य कुनै पनि देशलाई तल राख्नु होइन बरु बलजफती र धम्कीबाट मुक्त सबै देशहरूको आफ्नो बाटो रोज्ने अधिकारको सुनिश्चितता गर्नु हो,” अल जजीराले ब्लिन्केनले जकार्ताको विश्वविद्यालयमा दिनुभएको उक्त भाषणलाई उल्लेख गरेको छ।

अल जजीराका अनुसार ब्लिन्केनले वाशिंगटनले देशहरूलाई अमेरिका र चीनको बीचमा छनोट गर्न वा चीनसँग द्वन्द्व खोज्न बाध्य पार्ने प्रयास नगरेको बताउँनु भएको छ। तर उहाँले “उत्तरपूर्वी एसियादेखि दक्षिणपूर्वी एसिया र मेकोङ नदीदेखि प्रशान्त टापुहरूसम्म” बेइजिङको आक्रामक कारबाहीबारे गुनासो भने पोख्नु भएको थियो।