नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणना जारी छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म १ हजार ८०० मत गनिएको छ । यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । सभापतिका उम्मेदवार देउवालाई एक हजार ४० मत प्राप्त भएको छ भने उहाँका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले ७४१ मत प्राप्त गर्नुभएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यो पनि – कांग्रेस सभापतिको पुनः मतदानको मतगणनामा देउवालाई प्रारम्भिक अग्रता
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणना जारी छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म ९९९ मत गनिएको छ । यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । सभापतिका उम्मेदवार देउवालाई ५९० मत प्राप्त भएको छ भने उहाँका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले ४०१ मत प्राप्त गर्नुभएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । त्यस्तै आठ मत बदर भएको पनि सो समितिले जनाएको छ । –––
यो पनि – कांग्रेस सभापतिको मतगणना : ३००० मत गन्दा देउवालाई १७८८ र कोइरालालाई ११८४
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र डा शेखर कोइरालाबीचको अन्तर थप फराकिलो हुदै गएको छ ।राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म तीन हजार मत गनिएको छ । यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । सभापतिका उम्मेदवार देउवालाई एक हजार ७८८ मत प्राप्त भएको छ भने उहाँका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार १८४ मत प्राप्त गर्नुभएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया