लैनो भैँसीपालन गर्ने किसानलाई अनुदान

लैनो भैँसीपालन गर्ने किसानलाई अनुदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लैनो भैँसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई रु ४० हजार अनुदान उपलब्ध गराएको हो । व्यावसायिकरूपमा भैँसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेनका नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो । लैनो भैँसीपालन गरिरहेका किसानलाई यो सुविधा पाउन थप एउटा लैनो भैँसीपालन गरी दुईवटा पु¥याउनुपर्ने छ । किसानलाई व्यावसायिक बनाउने र पशुपालनका माध्यमबाट ग्रामीण क्षेत्रमा बसी प्रशस्त आम्दानी गर्ने बानीको विकासका निम्ति अनुदान प्रदान गरिएको नगरप्रमुख शाहीले बताउनुभयो । तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास सङ्घ र हेफर परियोजनाको सहयोग भैँसीपालनका क्षेत्रमा सहयोग गरिएको हो ।

चालु आर्थिक वर्ष २०७८÷७९ मा नगरपालिकाभित्रका किसानलाई १०० लैनो भँैसी थप गर्ने योजना छ । सोहीअनुसार ६९ लैनो भँैसी थप गर्ने किसानलाई रु २९ लाख अनुदान वितरण गरिएको हो । तानसेन नगरपालिकाको चौवनबारी, पदमटारी र बन्दीपोखरा क्षेत्रमा व्यावसायिकरूपमा दूध उत्पादन गर्न भैँसीपालन कार्यक्रमलाई प्रोत्साहन गरिएको साझेदारी संस्था ग्रामीण आर्थिक विकास सङ्घका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताउनुभयो ।

तानसेन नगरपालिका–७ र १३ नं वडामा लैनो भैँसीपालनलाई अनुदान वितरण गर्ने योजना रहेको छ । यो कार्यक्रममा सहभागी हुने किसानलाई स्थानीय सरकारले घाँस तथा प्राविधिक सहयोग गरिएको जनाएको छ । किसानले उत्पादित दूध बजारसम्म पु¥याउन चाहिने सामान सहयोग गर्ने योजना रहेको निर्देशक कार्कीले जानकारी दिनुभयो ।

यो पनि -तोरी उत्पादनमा ‘साख’ गुमाउँदै नवलपुर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले तोरी उत्पादनमा आफ्नो ‘साख’ जोगाउन सकेको छैन । केही दशक अगाडिसम्म जिल्लामा उत्पादन भएको तोरी काठमाडौँ, पोखरालगायत देशका विभिन्न सहरमा निर्यात हुने गरेको भए पनि पछिल्ला वर्षमा तोरीको उत्पादन घट्दो क्रममा छ ।

जिल्लामा उत्पादन भएको तोरीले यहाँको मागसमेत धान्न नसक्ने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्ला वर्षमा जिल्लामा तोरीको उत्पादन निरन्तररूपमा घट्दै गएको केन्द्रका कृषि अर्थविज्ञ वर्षा न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा एक हजार २८० मेट्रिक टन तोरी उत्पादन भएको थियो । सो आवमा जिल्लाको एक हजार २०० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो ।

त्यसैगरी आव २०७७÷७८ मा जिल्लामा एक हजार २०५ मेट्रिक टन तोरी उत्पादन भएको थियो । सो आवमा करिब एक हजार १२० हेक्टर क्षेत्रफलमा तोरीखेती लगाइएको थियो । चालु आवमा भने करिब एक हजार २०० मेट्रिक टन तोरी उत्पादन हुने अनुमान गरिएको छ । यस वर्ष नवलपुरको करिब एक हजार १८० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिए पनि उत्पादन घट्ने अनुमान गरिएको न्यौपानेको भनाइ छ ।

“यस वर्ष करिब १.०५ मेट्रिक टन प्रतिहेक्टरका दरले तोरी उत्पादन हुने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो । कावासोती, मध्यविन्दु, गैँडाकोटलगायतका क्षेत्रमा तोरी खेती हुँदै आएको छ । पहाडी क्षेत्रमा तोरी खासै उत्पादन हुँदैन । नवलपुरका किसानले उत्पादन गरेको तोरीले जिल्लाको माग धान्न नसक्ने न्यौपाने बताउनुहुन्छ । विगत वर्षमा तोरीको उत्पादन पर्याप्त हुने गरेको भए पनि पछिल्लो समयमा घट्दै गएको न्यौपानेले बताउनुभयो । कृषकले तोरीखेतीबाट भन्दा अन्य नगदे बालीबाट मनग्य आम्दानी लिन थालेपछि तोरीखेतीतर्फ आकर्षण घट्दो क्रममा छ ।

केही वर्ष अघिसम्म कोल्हुवा, अग्यौली, ढोकीलगायतका फाँटमा यो समयमा तोरी फुलेर पहेँलै हुने गरेको भए पनि अहिले आधा क्षेत्रफलमा पनि तोरी नदेखिएको मध्यविन्दु–३ का जुगतराम थनेतले बताउनुभयो ।