माओवादी केन्द्रको कर्णाली अध्यक्ष प्रदेश सदस्यबाट मात्र चुनिने

माओवादी केन्द्रको कर्णाली अध्यक्ष प्रदेश सदस्यबाट मात्र चुनिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र)को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले प्रदेश प्रदेश सदस्यहरूबाट नै प्रदेश अध्यक्ष चुन्ने मापदण्ड बनाएको छ । यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले केन्द्रीय सदस्यबाट अध्यक्ष चयन हुने अवस्थाले पूर्णता नपाएपछि प्रदेश समिति सदस्यबाट अध्यक्षसहितका पदाधिकारी तोक्ने विधि तय गरेको हो । उक्त सम्मेलनको बन्दसत्रमा अध्यक्षमण्डलका अध्यक्ष रामदीप आचार्यले प्रदेश अध्यक्ष हुन प्रदेश सदस्यबाट छान्ने र केन्द्रीय सदस्य पदेन रहने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

निर्वाचित प्रदेश समिति २११ सदस्यीय हुनेछ । आचार्यले भन्नुभयो, “प्रदेश समितिमा देखिएको असन्तुलनलाई सन्तुलित गर्ने ध्येयले १० प्रतिशत मनोनित गर्ने व्यवस्था गरिएको छ ।” उहाँले दशवटै जिल्लाबाट छानिएका प्रदेश समिति सदस्यको प्यानल प्रस्ताव बन्दसत्रमा मङ्गलबार सार्वजनिक गर्नुभयो । अध्यक्ष आचार्यका अनुसार रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९, कालिकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट १० प्रदेश सदस्यमा चयन भएका छन् । छानिएका प्रदेश सदस्यबाट अध्यक्षसहितका पदाधिकारी छानिने छन् । माओवादी केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसङ्ख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको छ ।

यो पनि -सरकारले सदन खुलाउने प्रयास गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अवरुद्ध सदन खुलाउन सार्थक प्रयास गर्नुपर्ने सुझाव दिनुभएको छ । नेता पौडेलले आज विज्ञप्ति जारी गर्दै सदनले मात्र देशलाई लोकतान्त्रिक गति दिने उल्लेख गर्दै संसद् खुलाउन सबै पक्षको सार्थक प्रयासको खाँचो औँल्याउनुभयो । “राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलापप्रति सचेत रहन म आम नागरिकको ध्यानाकर्षण गराउँछु”, विज्ञप्तिमा उल्लेख छ ।

यो पनि – प्रदेश २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि

प्रदेश नं २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान गर्नुभएको छ ।उहाँले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाउनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकिएको र बैठकको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौँ अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ ।