फेवातालमा माछाका भुरा छाडियो

फेवातालमा माछाका भुरा छाडियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखराको फेवातालमा १६ हजार माछाका भुरा छोडिएको छ । पोखरा महानगर पालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा १८ खपौदीमा हालै आयोजित कार्यक्रममा फेवातालमा माछाका भुरा छाड्नुभएको हो । उहाँले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गर्दै तालका माछालाई ‘ब्राण्डिङ’ गर्नुपर्नमा जोड दिनुभयो । पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले फेवाताललाई थप आकर्षण बनाउन माछाको बारेमा अध्ययन गर्न थलोको रुपमा विकास गर्न सकिने धारणा राख्नुभयो । पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले फेवातालको स्वच्छ र सफा माछालाई ब्राण्डिङ गरेर बिक्री वितरणका लागि बजारीकरण र विविधीकरण गर्नुपर्ने बताउनुभयो ।


पोखरा महानगरपालिका–१८ को आयोजनामा फेवातालमा माछाको भुराहरु छोड्दै महानगरका कार्यबाहक प्रमुख मन्जुदेवी गुरुङ । वडास्तरीय बजेटबाट फेवातालमा १६ हजार माछाको भुरा छाडिएको हो । तस्वीर ः जमुना वर्षा शर्मा÷ रासस

स्थानीय ज्ञानबहादुर जलारीले फेवातालमा करेन्ट र विषादी प्रयोगले स्थानीय जातका माछा लोप हुँदै गएको र सम्बन्धित निकायले चासो नदिएको बताउनुभयो । जलारी समुदायको जीवनयापनको आधार भएको माछा भएको र यसको लागि उत्पादन संरक्षणमा महानगरले विशेष चासो दिनुपर्ने उहाँको भनाइ थियो । उक्त वडाका अध्यक्ष रणबहादुर थापाको सिल्भर काप र विगहेड जातका १६ हजार माछा तालमा छाडिएको जानकारी दिनुभयो । वडास्तरीय बजेटबाट तालमा माछाका भुरा छाडिएको जनाउँदै माछाबाट स्थानीय जलारी समुदायको जीवनस्तर उकास्न सहज भएको धारणा राख्नुभयो ।

यो पनि – जनसांस्कृतिक महासङ्घको सातौंँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि

जनसांस्कृतिक महासङ्घ नेपालको सातौंँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि यहाँ हुँदै छ । विसं २०३८ मा स्थापित सङ्गठनको सम्मेलन पुस १ र २ गते हुने छ । श्रमजीवी एवं शोषित, उत्पीडित जनताले निर्माण गरेका असल संस्कृतिको संरक्षण, विकृत संस्कृतिको उन्मूलन र अग्रगामी संस्कृतिको सिर्जना र विकास गर्ने लक्ष्य राखेर सम्मेलन गर्न लागिएको आयोजक समितिका संयोजक सरल सहयात्रीले बताउनुभयो । सहयात्रीले नेपालका प्रगतिवादी÷प्रगतिशील सांस्कृतिक आन्दोलन, दशवर्षे जनयुद्ध र विभिन्न जनआन्दोलनमार्फत निर्देशित परिवर्तनको मार्गलाई आत्मसात् गरेर सङ्गठन अघि बढिरहेको जानकारी उहाँले दिनुभयो ।

महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दलभित्र र बाहिर देखापरेका विचलन, विकृति र विसङ्गति, गलत चिन्तन र प्रवृत्तिलाई परास्त गर्न कला, साहित्य र संस्कृतिका क्षेत्रबाट वैज्ञानिक एवं गतिशील सङ्गठनात्मक संरचना निर्माण गरी अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समाजवादी यथार्थवादी सांस्कृतिक मूल्य स्थापित गर्न महासङ्घले पहलकदमी लिने बताउनुभयो । उहाँका अनुसार परम्परागत जनसंस्कृति, मूर्त तथा अमूर्त सम्पदा, प्रदर्शनकारी कला, फोटोग्राफी, भिडियो ग्राफी, फेसन डिजाइन, सङ्गीत, नाटक, चलचित्र, हस्तकला, लोककला, वाद्ययन्त्र आदिको अध्ययन, अनुसन्धान, संरक्षण र सम्बर्धन र प्रबद्र्धनका लागि आवश्यक अध्ययन, अनुसन्धान, संरक्षण, सम्बद्र्धन र विकास गर्ने तथा सोका लागि केन्द्रीय, प्रदेश र स्थानीयस्तरको प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरिने छ ।