शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्ट र कलावति भट्टले सानै उमेरमा कुलतमा फसेका एक किशोरको उद्धार गरी आज सुधार गृहमा पठाएका छन् । व्यवसायी भट्ट दम्पतीले ती किशोरका परिवारको सहमतिमा सुधार गृहमा लाग्ने सबै खर्च व्यहोर्ने गरी आफ्नै गाडीमा राखेर त्यसतर्फ पठाएका हुन् । झलारीकै मुक्ति टोलका १३ वर्षीय किशोर सानै उमेरमा बजार क्षेत्रमा रहेका पसलबाट मादक पदार्थको चोरी गरि सेवन गर्ने कार्यमा संलग्न रहेका थिए । घर परिवारका सदस्यले किशोर कुलतमा फस्न थालेपछि घरमै बाँधेर राख्ने गरेका छन् । बाँधिएको साङ्लोसहित बजार क्षेत्रमा पुगेर किशोरले चोरी गर्न छाडेका थिएनन् ।
“आर्थिक अवस्था कमजोर हुँदा उपचार गराउन सकेका थिएनौँ”, किशोरकी आमा यसोदा रानाले भन्नुभयो, “घरको एक्लो छोरो सानै उमेरमै कुलतमा फसेपछि निकै चिन्तित थियौँ । छोरालाई सुधार गरिदिने वाचाका साथ भट्ट दम्पतिले सुधार गृहमा पठाएकोमा खुसी छौँ ।” कुलतमा फस्न थालेपछि छोरालाई सुधार गर्न घरमै बाँध्ने कार्य गरेपनि डोरी, साङ्लो सहित बजार क्षेत्रमै पुग्न थालेको उल्लेख गर्दै उहाँले भगवान बनेर भट्ट दम्पतीले घरमै पुगेर सुधार गर्ने प्रस्ताव गर्दा नर्कान नसकिएको बताउनुभयो ।
“भट्ट दम्पती हाम्रा लागि भगवान बनेर आए”, उहाँले भन्नुभयो, “छोरालाई सुधार गृहमा लाग्ने सबै खर्च व्यहोर्ने बचनवद्धता गरी सुधार गृहमा आफनै गाडीमा राखेर पठाएका छन् । छोरो सुधार हुनेमा आशाबादी छौं । खुसीको सीमा छैन ।”
“एक जना किशोर कुलतमा लाग्दा सयौं बालबालिका प्रभावित हुन सक्छन”, व्यवसायी गगनराज भट्टले भन्नुभयो, “यसतर्फ सवै अभिभावकले सचेत हुनु जरुरी छ । समाजमा आर्थिक रुपमा विपन्नता भएका व्यक्तिहरुको सहयोगका लागि सबैले अगाडी आउनुपर्छ । यही नै मानवीय गुण हो । कमाएको केही पैसा मानवीय सहयोगका रुपमा खर्च गर्न पाउँदा गर्वको अनुभूति भएको उहाँले बताउनुभयो । भट्ट दम्पतिको झलारी बजारमा होटल, सुनचाँदी व्यवसायसँगै बङ्गुर फार्म पनि सञ्चालनमा छन् ।
यो पनि- युरोपले बालबालिकाका लागि कोभिड खोप अभियान सुरु गरेको छ
२७ ंमङ्सिर ९रासस÷एएफपी० ः धेरै युरोपेली राष्ट्रहरुले बुधबारदेखि कोभिड–१९ विरुद्ध पाँच देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेका छन् ।जर्मनी, स्पेन, ग्रीस र हंगेरी साना केटाकेटीहरूलाई कोभिड–१९ विरुद्ध बुधबारदेखि खोप अभियान शुरु गरेका छन् । इयुको मेडिसिन्स वाचडगले गत महिना फाइजर–बायोटेक शटलाई पाँच देखि ११ वर्षका उमेर समूहका लागि अनुमोदन गरेको थियो ।
संयुक्त राज्य अमेरिका पहिलो ठूलो देश हो, यहाँ अहिलेसम्म पाँच देखि ११ वर्षका ५० लाखभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ ।फ्रान्समा, गम्भीर रोगको जोखिममा रहेका पाँच देखि ११ वर्षका बालबालिकालाई मात्रै खोप स्वीकृत गरेको छ । तर सरकारले यसलाई स्वैच्छिक आधारमा सबै बालबालिकामा विस्तार गर्ने विचार गरिरहेको बताएको छ ।
बेल्जियम आफ्नो राष्ट्रिय स्वास्थ्य निकायको सिफारिसको लागि पर्खिरहेको जनाएको छ । स्विट्जरल्याण्डमा, देशको चिकित्सा एजेन्सीहरु बच्चाहरूको खोपलाई स्वीकृत दिएको छ । तर अभियान जनवरीबाट मात्र शुरु हुने बताइएको छ । बेलायतीमा अझै पनि ५–११ उमेर समूहका लागि अनुमोदन गर्ने कि नगर्ने भनेर सरकारी अधिकारीहरुले मूल्याङ्कन गरिरहेका छन् । क्रिसमस अघि नै सम्भवतः निर्णय हुने जनाइएको छ ।



प्रतिक्रिया