धौलीगाडा खानेपानी आयोजना निर्माणका लागि अर्थले दियो सहमति

धौलीगाडा खानेपानी आयोजना निर्माणका लागि अर्थले दियो सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा सबैभन्दा ठूलो धौलीगाड खानेपानी आयोजना निर्माण गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ । आयोजना निर्माण लागत रु एक अर्ब २६ करोड आठ लाख ४९० रहेको छ ।

धौलीगाड बृहत् खानेपानी आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०७७ बमोजिम सहमतिका लागि लेखिएको विषय पेस हुँदा राष्ट्रिय योजना आयोगको निर्णयअनुसार प्रक्रिया पूरा गरी खरिद प्रक्रिया अघि बढाउने गरी मन्त्रीस्तरीय निर्णय भएको अर्थ मन्त्रालयको पत्रमा उल्लेख छ । आयोजना बनेपछि जुम्ला सदरमुकाममा खानेपानी अभाव भइरहेको समय चन्दननाथ, गुठीचौर र तातोपानी गाउँपालिका गरी तीन वटा स्थानीय तहका नौ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसङ्ख्या लाभान्वित हुनेछन् । आयोजनाको एक प्रतिशत श्रमदानका लागि लाभान्वित स्थानीय तीनवटै तहले रु एक करोड ४६ लाख बैंकमा अग्रिम जम्मा गरेपछि आयोजना सफल भएको छ ।

चन्दननाथ नगरपालिकाले रु ५० लाख, तातोपानी गाउँपालिकाले रु ५० लाख र गुठीचौर गाउँपालिकाले रु ४६ लाख बजेट बैंक धरौटी राखेका छन् । यसैगरी तीनवटै स्थानीय सरकारले त्रिपक्षीय सम्झौता गरेर स्थानीयस्तरमा आवश्यक अपनत्व लिएका छन् । यो आयोजना २०६६ मा सुरु भएको थियो । स्थानीय राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समिति हुँदै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको नेतृत्वमा चन्दननाथ नगरपालिका नगरप्रमुख कान्तिका सेजुवाल, तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीसहितको तदर्थ समिति क्रियाशील छ । आयोजना करिब चार हजार मिटर उचाइमा रहेको र हिउँ जम्ने स्थानमा मूल भएकाले सुरक्षित ल्याउन आधुनिक प्रविधिका सामग्री प्रयोग गरिनेछ ।

यो पनि – स्वास्थ्य र शिक्षाको सुधार प्राथमिकतामा छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य र शिक्षाको सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । स्वास्थ्य र शिक्षामा समान अवसर र निःशुल्क हुन सकेमात्र समाजवादको बाटो तय हुने उहाँले बताउनुभयो ।नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–४ स्थित पाल्हीनन्दन अस्पतालको आज उद्घाटन गर्दै मुख्यमन्त्री केसीले सरकारले स्वास्थ्यको क्षेत्रमा नवीनतम् कार्यक्रमहरू ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान गठबन्धन सरकार सङ्घीयता कार्यान्वयन कसरी गर्नुपर्छ भनेर बाटो देखाउन लागिपरेको छ, स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ, सबैले समान सेवा पाउनुपर्छ अनि मात्र समाजवादको बाटो देखिन्छ, स्वास्थ्य र शिक्षा सुधार हाम्रो पहिलो प्राथमिकता हो ।”

मुख्यमन्त्री केसीले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच स्थापित गर्न प्रदेश सरकारर्ले घरदैलोमा डाक्टर कार्यक्रम’ सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । त्यसको लागि कार्यविधि निर्माण भइरहेको बताउँदै उहाँले आर्थिक अभावका कारण अस्पतालसम्म आउन नसकेका बिरामीलाई गाउँमै डाक्टर पठाएर उपचार सेवा दिइने बताउनुभयो ।

उहाँले लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी सबै किसिमका उपचार प्रविधि, उपकरण र दक्ष चिकित्सकबाट सेवा दिने रणनीतिका साथ अघि बढेको बताउनुभयो । उहाँले सबै सामुदायिक विद्यालयलाई सुधार गरी अब्बल बनाउन मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिएको पनि बताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले ग्रामीण क्षेत्रमा स्थापना भएको अस्पतालको सेवा प्रभावकारी र व्यवस्थित बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन पाल्हीनन्दन गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले बताउनुभयो । पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गरिएको हो । जिल्लाको दक्षिणी भारतीय सीमा क्षेत्रमा अवस्थित यस गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल थिएन् । यहाँका बिरामी सदरमुकाम परासी, बुटवल, भैरहवा तथा भारतीय अस्पतालमा जानुपर्ने बाध्यता थियो । दुई जना चिकित्सकसहित स्वास्थ्यकर्मीबाट प्राथमिक स्वास्थ्य केन्द्रको सेवा निरन्तरता दिँदै व्यवस्थित प्रयोगशाला, बिरामी भर्ना गरी अस्पतालबाट सेवा सुरु गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो ।