आ.त्मह.त्याको कारण मानसिक समस्या र लागुपदार्थ सेवन

आ.त्मह.त्याको कारण मानसिक समस्या र लागुपदार्थ सेवन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अक्सर मान्छेले बाँच्ने उपाय खोजिरहेका हुन्छन् । जीवन जिउने तरिकाको खोजीमै तल्लिन हुन्छन् । मान्छे मृत्युदेखि सधैँ डराइरहेको हुन्छ । जिन्दगीको प्रत्येक पाइलामा पनि कतै मृत्युसँग ठोक्किन पुग्छु की भन्ने डर हुन्छ, मानिसलाई । अरुबेलामा ज्यानको त्यति ख्याल नगर्ने मान्छे पनि बिरामी हुँदा आफ्नो स्वास्थ्य अर्थात् जीवनलाई लिएर निकै संवेदनशील देखिन्छन् । मर्नुभन्दा बौलाउनु बेस भन्ने उखान त सुन्नुभएकै होला । मानिस मर्न चाहँदैनन्, बरु बौलाह बनेर भए पनि एक बारको जीवनलाई पूर्ण भोग गर्न रुचाउँछन् ।

जन्मपछि मृत्यु अवश्य छ । जन्मेदेखि मृत्युअघिसम्मको समयमा आफू मरेर गए पनि आफूले छाडेका कुरा कहिल्यै नमरुन भन्ने चाहना राख्दछन् । तर, केही वर्षयताको तथ्याङ्क हेर्ने हो भने रुकुम (पूर्व) मा आफ्नो ज्यान आफैँ फाल्नेको कमी छैन । प्रहरीको विवरणअनुसार जिल्लामा आ.त्मह.त्याका घटनना बढ्दै गएको पाइएको छ । आत्महत्याको मुख्य कारण भनेको यस जिल्लामा मानसिक समस्या, लागुऔषधको सेवन देखिएको छ । यससँगसँगै मादक पदार्थ सेवन, गरिबी, पारिवारिक बेमेललगायत पनि आ.त्मह.त्याका प्रमुख कारणको रुपमा देखिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक (डिएसपी) गनेशबहादुर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा हुने गरेको आ.त्मह.त्याका कतिपय घटनामा कस्तो पनि देखिएको छ भने द्व.न्द्वकालको सामना गरी आएका कतीपयले त्यति बेलाको ल.डाइँसँगै आँखै अगाडि मान्छे मा.रेको घटना अगाडि आइरहने र मान्छे मारौमारौ लाग्ने खालको विचार मनमा उत्पन्न भइरहने र अरुलाई मा.र्नुभन्दा म आफँै म.र्छु भनेर सु.साइड नोट लेखी आ.त्मह.त्या गरेकोसमेत पाइएको छ ।

रुकुम (पूर्व) जनयु.द्धको आधार इलाका पनि हो । यहाँ द्वन्द्वमा परेका थुप्रै मानिस छन् । यस्तै मानिसका बढ्दो आकांक्षा, नैरास्यतालगायत कारणले पनि मान्छले आ.त्मह.त्याको बाटो रोजिरहेका छन् । जिल्लामा भइरहेका घटनाको अवस्था हेर्दा यिनै कारण देखिए पनि यसलाई अझ गहिरोरूपमा अध्ययन गर्न आवश्यक रहेको भनाइ डिएसपी श्रेष्ठको छ ।

सिङ्गो रुकुम टुक्रिएर पूर्व र पश्चिम भई रुकुम (पूर्व) बाटै प्रशासनिक कार्य सुरु गरेको आर्थिक वर्षदेखि अहिलेसम्मको अवधिमा जिल्लामा ४५ ले आ.त्मह.त्या गरेका छन् । रुकुम (पूर्व) मा जिल्ला प्रहरी कार्यालय स्थापना भएको पहिलो आर्थिक वर्ष २०७४÷७५ मा एक जनाले आ.त्मह.त्या गरेको श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा आर्थिक वर्ष २०७४÷७५ को माघमा मात्र रुकुम (पूर्व) मा जिल्ला प्रहरी कार्यालय स्थापना भएको थियो । यसैगरी दोस्रो आर्थिक वर्ष २०७५÷७६ मा नौ जनाले आ.त्मह.त्या गरेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा पनि नौ जनाले आ.त्मह.त्या गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १७ जनाले आ.त्मह.त्या गरेका छन् भने चालु अर्थात् आव २०७८/७९ को छ महिनाको अवधिसम्मा नौ आ.त्मह.त्याको ‘केस’ सार्वजनिक भएका छन् । अहिलेसम्मको घटना विवरणलाई हेर्दा जिल्लाको अन्य दुई गाउँपालिका सिस्ने र पुथाउत्तरगङ्गाको तुलनामा भूमे गाउँपालिकामा सबैभन्दा बढी आ.त्मह.त्याका घटना हुने गरेको प्रहरीले जनाएको छ । सानो जिल्लामा भइरहेको यो आ.त्मह.त्याको घटनाको यो अवस्थालाई हेर्ने हो भने अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

डिएसपीका आनुसार जुनसुकै परिवारमा पारिवारिक बेमेल हटाई पारिवारिक सन्तुलन कायम राख्न सकेमा, मानसिक समस्या भएका मानिसलाई हेर्ने दृष्टिकोण, गर्ने व्यवहार परिवर्तन गर्न सकेमा, उनीहरूलाई राम्रोसँग काउन्सिलीङ गर्न सकेमा आ.त्मह.त्याका घटनामा कमी आउने देखिन्छ । यस्तै स्थानीय सरकारले गरिबीको रेखामुनि रहेका परिवारको र मानसिक समस्या भएकाको विवरण सङ्कलन गरेर उनीहरूलाई सोहीअनुसार व्यवस्थापन गर्नसकेमा पनि आ.त्मह.त्याका घटनामा कमी ल्याउन ठूलो मदत पुग्ने डिएसपी श्रेष्ठले बताउनुभयो ।